नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाको अध्यक्षमा नारायणबाबु तिम्सिना (भिडियो)

२०७५ मंसिर १८ गते २१:५७ मा प्रकाशित


National PABSON Budhanikantha (3)

१८ मंसिर, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले बुढानिलकण्ठ नगरपालिकाको ‘प्रथम ऐतिहासिक नगर अधिवेशन’ मंगलबार (आज) सम्पन्न गरेको छ ।

National PABSON Budhanikantha (1)
४२ सदस्य विद्यालय रहेको बुढानिलकण्ठ नगरपालिकाबाट ११ सदस्यीय कमिटी निर्विरोध गठन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

National PABSON Budhanikantha (4)
चाबहिलमा रहेको ए वान पार्टी प्यालेसमा गरिएको उक्त अधिवेशनबाट नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाको नगर अध्यक्षमा नारायणबाबु तिम्सिना निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा समिर बास्तोला, सचिवमा राजन श्रेष्ठ, सहसचिवमा लेखजङ्ग खत्री, कोषाध्यक्षमा राजेश्वर तिवारी, सहकोषाध्यक्षमा सुदिप काफ्ले, सदस्यमा ईश्वर केसी, मुरारी भण्डारी, तेन्जिङ्ग भुटिया, महेश कुमार पौडेल, अरुण प्रधान निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशन पछि निर्वाचित पदाधिकारीलाई प्रमाण–पत्र प्रदान गर्दै अधिवेशनका निर्वाचन आयुक्त एवं नेसनल प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष सि.पी. आचार्यले पद तथा गोपनियतता सपथ गराएका थिए ।

National PABSON Budhanikantha (2)
उक्त नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाको नगर अधिवेशनमा नेसनल प्याब्सनका निवर्तमान केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, नेसनल प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष सि.पी. आचार्य, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, नेसनल प्याब्सन काठमाडौँका बरिष्ठ उपाध्यक्ष खडक बस्नेत, नेसनल प्यााब्सन काठमाडौँका संचार विभाग प्रमुख एवं सदस्य गेन्द्र लमा, नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, नेसनल प्याब्सन प्रदेश नम्वर ३ का सहसचिव डि.एन. महत्तो, एसोसियसन फर आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिना लगायत नेसनल प्याब्सन अन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा रहेका सदस्य विद्यालयहरुका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
सोही अधिवेशनमा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले अधिवेशनका संयोजक एवं नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित सचिव राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)
यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)

२ पौष, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले ‘दोश्रो खेलकुद सप्ताह& ...

नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)
नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमि बोर्डिङ्ग हाई स्कुलले आयोजना गरेको खेलकुद सप्ताह ...

‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)

२८ मंसिर, काठमाडौँ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिब ...

सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)
सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाखारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा ‘प्रथम काठ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...