एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै

२०७५ साउन २७ गते १७:०१ मा प्रकाशित


NPABSAN Kathmandu press meet - lok dance compedition (2)_1

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले यहि श्रावन २९ गते राष्ट्रिय नाँचघर, जमलमा ‘एनप्याब्सन जिल्ला स्तरीय अन्तर–विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्ने भएको छ ।

NPABSAN Kathmandu press meet - lok dance compedition (5)
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी दिइएको थियो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको एनप्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जनले बताए ।

NPABSAN Kathmandu press meet - lok dance compedition (1)
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक, एनप्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामाले प्रतियोगिताबारे जानकारी दिँदै प्रतियोगिहरुलाई प्रोत्साहन र लोक संस्कृतिको जगेर्ना गर्नको लागि कार्यक्रम गर्न लागिएको बताए । उनले भने, ‘लोक संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, पछिल्लो समयमा पश्चिमा संस्कृतिले हाम्रो संस्कृति माथि हमला गरिरहेको स्थिति छ, हामी सचेत हुन जरुरी छ, हाम्रो पहिचानको रुपमा रहेको लोक संस्कृति र लोक गीत, लोक नृत्य प्रतियोगिता आयोजना गर्न जुरुरी छ, त्यसैले हामीले यो प्रयास गरेका छौं, हाम्रो प्रयासलाई सार्थक तुल्याउनको लागि सबैको साथको अपेक्षा गर्दछु ।

NPABSAN Kathmandu press meet - lok dance compedition (3)
प्रतियोगितामा ६० भन्दा बढि विद्यालयहरुले भाग लिने भएका छन् । त्यस्तै प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

NPABSAN Kathmandu press meet - lok dance compedition (4)

You may also Like this

थप समाचार

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)
‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)

काठमाडौँ । स्कुल एलाईन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा ‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम् ...

ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)
ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)

काठमाडौँ । सुकेधारामा रहेको ब्रुकलिन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं कक्षा १२ उतिर्ण विद्यार्थ ...

यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)
यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘तिज वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...