एनप्याव्सन काठमाडौ लोक नृत्य प्रतियोगिताको उपाधि शारदा एकेडेमीलाई

२०७४ भदौ ४ गते २२:०० मा प्रकाशित


npabsan teej  (8)काठमाडौं – नेशनल प्यावसन काठमाडौंको आयोजनामा एनप्याव्सन जिल्ला स्तरिय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । साउन ३२ गते बुधबार जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा कुल ५२ विद्यालयहरुको सहभागिता भएका थिए ।

Npabsan winner folk song dancing sarada academy

प्रतियोगितामा क्रमश शारदा एकेडेमी प्रथम, दिव्य ज्ञान स्कुल द्धितिय, जोसेफ पव्लिक स्कुल तितृय र काठमाडौं विद्या मन्दिरले सान्तवना स्थान हासिल गरेको थियो । यस्तै आरुनी इङलिस स्कुल, कोलम्बस इन्टरनेशनल स्कुल, ज्योती एकेडेमी, प्रोग्रेसिभ इङलिस सेकेन्डरी स्कुल, काठमाडौं इन्टरनेशनल स्कुल र अर्किड पुपिल सेकेन्डरि स्कुल क्रमशः पाँचौ ,छैटौं,सातौं ,आठौं ,नवौं र दशौ हुन सफल भएका थिए।

npabsan teej  (28)
कार्यक्रममा उत्कृष्ट दशै टिमलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट नृत्य कलाकार छात्रा तर्फ जोसेफ स्कुलकी सारिका लामालाई दिईएको थियो भने छात्रबाट स्वयम्भु स्कुलका कर्मा तामाङलाई दिईएको थियो ।

npabsan teej  (1)

एपेक्स लाइफ स्कुल भेषभुषामा उत्कृष्ट भएको थियो । दिव्य ज्ञान स्कुलका नृत्य निर्देशक सुरज प्रभात छिनाललाई उत्कृष्ट नृत्य निर्देशकको उपाधि प्रदान गरिएको थियो ।

npabsan teej  (6)
कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्री अम्विका बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा एनप्याब्सनका केन्द्रिय अध्यक्ष लगायत केन्द्रिय अन्य पदाधिकारीहरु, स्कुलका प्रतिनिधि, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

npabsan teej  (4)
हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले बहुभाषिक, बहु धार्मिक र सांस्कृतिक रुपमा धनि रहेको नेपालको समग्र सांस्कृतिक महत्व बुझ्न र यसको जगेर्ना गर्न विद्यार्थीलाई बोध गराउने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक एवम् एन प्याव्सन काठमाडौंका सञ्चार विभाग प्रमुख गेन्द्र लामाले बताए ।

npabsan teej  (5)npabsan teej  (23)npabsan teej  (26)

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...