एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

२०७५ पुस २७ गते २०:२७ मा प्रकाशित


NATIONAL PABSAN AGM (19)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) काठमाडौँले एन प्याब्सनको २१औँ स्थापना दिवसको अवसर पारेर ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।

NATIONAL PABSAN AGM (9)
शुक्रबार धुम्बाराहीमा रहेको मुनलाइट पार्टी प्यालेसको हलमा औपचारिक कार्यक्रम गर्दै वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

NATIONAL PABSAN AGM (11)
एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा एन प्याब्सनका निवर्तमान केन्द्रिय अध्यक्ष तथा प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, नेसनल प्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपाने, एन प्याब्सन प्रदेश नम्वर ३, ४ र ५ का प्रदेश प्रमुख लगायत एन प्याब्सनका केन्द्रिय पदाधिकारी, एन प्याब्सन काठमाडौँका पदाधिकारी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

NATIONAL PABSAN AGM (2)
कार्यक्रममा एन प्याब्सन काठमाडौँले आयोजना गरेको खेलकुद सप्ताहमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई पुरस्कृत गरिएको थियो । खेलकुद सप्ताह पुस १ गतेदेखी १३ गतेसम्म चलेको थियो । जसबाट फुटसल तर्फ ज्ञान प्रकाश एकेडेमी प्रथम, प्राक्सिस इन्टरनेशनल एकेडेमी दोश्रो र ग्रिनफिल्ड नेशनल स्कुल तेश्रो भएको छ भने उत्कृष्ट खेलाडि प्राक्सिस इन्टरनेशनल एकेडेमीका सुजन नेपाली, हाई स्कोरर राजिब गुरुङ, उत्कृष्ट गोलकिपर जिवन मगर भएका छन् ।

NATIONAL PABSAN AGM (1)
क्रिकेटतर्फ ग्रिनफिल्ड नेशनल स्कुल प्रथम, ग्रिनलन्च स्कुल दोश्रो र एपेक्स लाइफ स्कुल तेश्रो भएको छ ।
बास्केटबल सिनियरतर्फ पिपल्स एकेडेमी प्रथम, नेरिक स्कुल दोश्रो र युनिभर्सल स्कुल तेश्रो भएको छ ।

NATIONAL PABSAN AGM (3)
बास्केटबल जुनियरतर्फ नेरिक स्कुल प्रथम, ग्रिनफिल्ड नेशनल स्कुल दोश्रो र कान्तिपुर इङलिस स्कुल तेश्रो भएको छ ।
टेबलटेनिसतर्फ आरुणी स्कुल प्रथम, ग्रिनफिल्ड नेशनल स्कुल दोश्रो र दिव्यज्ञान स्कुल तेश्रो भएको छ ।

NATIONAL PABSAN AGM (4)
मार्च पासमा भिमेश्वर एकेडेमी प्रथम, प्यारागन स्कुल दोश्रो र त्रिनेत्र विद्या निकेतन तेश्रो भएको छ ।
विजयी विद्यार्थी तथा स्कुललाई ट्फी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

NATIONAL PABSAN AGM (10)
एन प्याब्सन काठमाडौ जिल्लाको ११ वटै स्थानिय निकायमा नगर कमिटी गठन गर्ने योजना अन्तर्गत अहिलेसम्म गठन भएका ६ वटा स्थानिय निकायका पदाधिकारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो । जसमा एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटी, बुढानिलकण्ठ नगर कमिटी, गोकर्णेश्वर नगर कमिटी, टोखा नगर कमिटी, तारकेश्वर नगर कमिटी र नागार्जुन नगर कमिटीका निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई सम्मान गरिएको हो ।

NATIONAL PABSAN AGM (6)
उक्त अवसरमा गरिएको एन प्याब्सन काठमाडौको वार्षिक साधारण सभामा एन प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योन्जनले वार्षिक आर्थिक प्रतिवेदन तथा सचिव रुद्रमणी सुवेदीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसलाई उक्त सभाले सर्वसम्मत पारित गरेको थियो ।

NATIONAL PABSAN AGM (7)

NATIONAL PABSAN AGM (21)

You may also Like this

थप समाचार

नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न
नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ र स्वयंसेवी अभियान नेपाल (भिन) को संय ...

एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)
एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) काठमाडौँले एन प्याब्सनको २१औँ स्थापना दिवसको अवस ...

रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)
रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)

काठमाडौँ । चावहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘वार्षिक खेलकुद महोत्सव&rs ...

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...