निक्की २० दिनपछि वीरगञ्जमा भेटिइन्

२०७५ भदौ १९ गते २१:५३ मा प्रकाशित


nikki Parajuli

काठमाडौं । बानेश्वर, मिलन चोकबाट हराएकी १५ वर्षीय निक्की पराजुली २० दिनपछि भेटिएकी छन् ।

भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् निक्कीलाई प्रहरीले वीरगञ्जमा आइतबार फेला पारेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पराजुलीको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो ।

जोशीले उनलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको बताए । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् ।

प्रहरीसँग सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् । त्यहाँ उनी एक होस्टलमा बसेकी थिइन् ।

‘साथीले जाउँ भनेकाले’ आफू त्यहाँ गएको उनले प्रहरी समक्ष बयान दिएकी छन् ।

You may also Like this

थप समाचार

ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले आयोजना गरेको बृहत देउसी भैलो तथा सांस्कृतिक कार् ...

लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)
लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लायन्स क्लब अफ लिडरसिप फर चेन्जले सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम ...

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...