माफ अन्तर विद्यालयस्तरीय नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न

२०७४ फागुन १३ गते ००:५८ मा प्रकाशित


MAAF Inter school news reading compidition (4)

काठमाडौँ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) ले आयोजना गरेको माफ अन्तर विद्यालय स्तरीय नेपाली समाचार वाचन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

MAAF Inter school news reading compidition (6)
शान्तिनगरमा रहेको वेवीलोन नेशनल स्कुलको प्रेक्षालयमा आयोजना गरिएको उक्त कार्यक्रममा माफ अन्तर्गत रहेका १६ विद्यालयहरुका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए ।

maaf news reading (3)_1
प्रतियोगितामा १५ विद्यालयलाई पछि पार्दै सिफलमा रहेको लाइसियम मोडेल स्कुलकी छात्रा ईशा वाग्लेले उपाधि जितेकी छिन् । यस्तै पुरानो बानेश्वरमा रहेको क्याम्ब्रिज पब्लिक स्कुलकी छात्रा संजीता अधिकारी दोश्रो भएकी छिन् र शक्तिनगर, गैह्रीगाऊँमा रहेको काठमाडौँ विनायक शिक्षालय (के.भी.एस.) की छात्रा सुशिला लामा तेश्रो भएकी छिन् ।

maaf news reading (2)
प्रतियोगितामा नेपाल टेलिभिजनका समाचार निर्देशक एवं समाचार वाचक मनोहरि थापा निर्णायक प्रमुख, नेपाल टेलिभिजनकी समाचार सम्पादक एवं समाचार वाचिका अनिता विन्दु निर्णायक, कान्तिपुर टेलिभिजनकी सहायक वरिष्ठ समाचार सम्पादक तथा समाचार वाचिका मृदुला खनाल निर्णायकको भुमिकामा रहेकी थिइन् ।

MAAF Inter school news reading compidition (8)
यस्तै माफका सचिव सम्झना लामा र माफका परिक्षा विभाग प्रमुख राजेन्द्र थपलियाले कार्यक्रमको संयोजन गरेका थिए ।

MAAF Inter school news reading compidition (7)
शनिबार नै विजयी विद्यार्थीहरुलाई विशेष समापन कार्यक्रमको आयोजना गरी ट्रफी र प्रमाण–पत्र वितरण गरिएको थियो ।
नेपाल टेलिभिजिनका समाचार निर्देशक एवं समाचार वाचक मनोहरि थापाको नै प्रमुख आतिथ्यतामा भएको उक्त माफ अन्तर विद्यालय स्तरीय नेपाली समाचार वाचन प्रतियोगिताको समापन कार्यक्रममा माफ अन्तर्गत रहेका विद्यालयहरुका प्रिन्सिपल एवं विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

MAAF Inter school news reading compidition (5)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं निर्णायक प्रमुख थापाले विजयी विद्यार्थीहरुलाई वधाई एवं शुभकामना दिएका थिए । यस्तै विद्यार्थीहरुलाई आम सञ्चारको विषयमा ज्ञान र जानकारी दिन यस्तो कार्यक्रम गर्नु माफको अनुकरणीय कार्य भएको धारणा समेत व्यक्त गरेका थिए ।

maaf news reading (1)
अभिव्यक्ति क्षमताको विकासका कुरालाई सैद्धान्तिक भन्दा व्यबहारिक बनाउन, भाषिक सीपको विकास गर्न सहयोग पुर्याउन, आम सञ्चार र पत्रकारिता क्षेत्रमा लाग्न विद्यार्थीहरुमा अभिरुची पैदा गराउने उद्देश्य सहित माफ अन्तर विद्यालय स्तरीय नेपाली समाचार वाचन प्रतियोगिता आयोजना गरिएको हो र विद्यार्थीहरुको उत्साहपुर्वक सहभागितामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक द्धय सम्झना लामा र राजेन्द्र थपलियाले केटिएम खबरलाई बताए ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...