भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तय, वैशाख २८ मै आउने

२०७५ बैशाख १० गते १७:२९ मा प्रकाशित


narendra modi

वैशाख १० , काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ बैशाखमै नेपाल आउने भएका छन् ।

नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।

अब मोदी वैशाख २८ मा नेपाल आउनेछन् । ‘हामीले मे २५ का लागि तयारी गरेका थियौं तर, भारतीय पक्षले मोदीका लागि मे ११ मा मिल्ने भयो भनेपछि त्यस अनुसार नै तयारी सुरु भएको छ’ प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

यद्यपि भ्रमणको औपचारिक घोषणा हुन बाँकी छ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम छ ।

मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भने पछाडि धकेलिएको छ ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हालै मात्र बेङजिङ पुगेर आएका थिए । तर, उनी नेपाल नआइपुग्दै भारतले नयाँ मिति तोक्यो ।

एकपक्षीय रुपमा तोकिएको मोदीको भ्रमणको नयाँ मितिलाई नेपालले पनि स्वीकार गरेको छ । 

साभार ः अनलाईन खवर डटकम

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...