नेपालबिना भारतका धाम र राम दुबै अधुरा : मोदी

जनकपुरमा मोदीको ४५ मिनेट लामो भाषण

२०७५ बैशाख २८ गते १४:३३ मा प्रकाशित


नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतको इतिहास, आस्था र विश्वास अधुरो हुने बताएका छन्।

जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालबिना भारतको हरेक क्षेत्र अधुरो रहेको बताए।

modi-janakpur

‘नेपाल बिना भारतको अास्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ,’ मोदीले भने, ‘नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन्।’

सम्बोधनको सुरूमा हिन्दीमा बोलेका मोदीले केहीबेर मैथिलीमा बोलेका थिए। सम्बोधनका क्रममा उनले नेपाली भाषामा पनि बोलेका थिए।

सुरुमा उनले सन् २०१४ आउँदा पनि आफूले संसदमा छिटै जनकपुर आउँछु भनेको उल्लेख गरे। ढिला भएकोमा उनले क्षमा पनि मागे।

‘म त्यतिबेला नै आउन चाहन्थें, तर विभिन्न कारणले आउन पाइनँ। ढिला भएकोमा म क्षमा चाहन्छु,’ मोदीले भने, ‘जानकी माताको दर्शन गर्ने माग मेरो कामना पूरा हुँदा आज गौरवान्तित भएको छु।’

४५ मिनेट लामो भाषणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका सुख दुःख साझा भएको बताए।

‘हाम्रो आशा पनि समान छ, सपना पनि समान छ, हाम्रो मन पनि समान छ, मन्दिर पनि समान छ,’ मोदीले भने।

उनले नेपाल भारतको सम्बन्ध कुनै राजनीतिका आधारमा नभई देवनीतिमा आधारित भएको बताए। मोदीले दुबै देशले एकअर्कालाई संकट पर्दा मिलेर सामना गरेको उल्लेख गरे।

‘जो मित्रको दु:खमा दुखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दु:ख पहाडजत्रो छ भने पनि महत्व नदेऊ तर  मित्रको सानो दु:खलाई पनि  पर्वतजत्रो मानेर जे गर्नु सकिन्छ, त्यो गर्नुपर्छ,’ मोदीले भने।

उनले नेपाल विकासको नयाँ चरण प्रवेश गरेको उल्लेख गर्दै तीनै तहको चुनाव सम्पन्न गरेकोमा बधा चुनावबाट सरकार बनायौ। एक वर्ष तीन चुनाव सफलताको बहुत बधाइ पनि दिए।

‘नेपालको इतिहासमा पहिलो पटक सातै प्रान्तमा सरकार बनेका छन्। यो नेपालका लागि मात्र नभई ‍भारतलगायत सबैलाई गर्वको विषय हो,’ मोदीले भने, ‘१० वर्ष पहिले बुलेट छोडेर ब्यालेटको बाटो चुने।  युद्धबाट बुद्धसम्मको यात्राका लागि बधाई दिन्छु।’ सेतोपाटीबाट

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...