बार्सिलोनाद्धारा नेइमारको नाममा मुद्धा दायर !

२०७४ भदौ ७ गते ११:३४ मा प्रकाशित


neimar७ भदौ । कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार विरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले अदालतमा मुद्धा दायर गरेको छ । बार्सिलोनाले नेइमारसँग नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्धा दर्ता गरेको छ ।

पिएसजी जानुभन्दा नौ महिना अगाडि नेइमारले बार्सिलोनासँग पाँच वर्षका लागि आफ्नो सम्झौता नविकरण गरेका थिए । बार्सिलोनासँग गरेको सम्झौता पूर्ण नभएकाले क्लबले नेइमारलाई दिएको बोनस फिर्ता मागेको बताएको छ ।

बार्सिलोनाले नेइमारसँग पचासी लाख युरो फिर्ता मागेको छ । यो झण्डै १ अर्ब नेपाली रपैयाँ बराबरको रकम हो । नेइमारसँग बार्सिलोनाले पैसा फिर्ता गर्न ढिलाई गरेको भन्दै १० प्रतिशत थप रकम मागेको छ ।

बार्सिलोनाले यदि नेइमारले त्यो रकम तिर्न नसकेमा यसको जिम्मेवारी पिएसजीलाई लिन आग्रह गरेको छ । तर पिएसजीले भने बार्सिलोनाको व्यवहारबाट अचम्ममा परेको बताएको छ । पिएसजीले नेइमारले सबै कानूनी प्रकिया पालन गरेर नै आफूहरुकोमा आएको भन्दै बार्सिलोनाको व्यवहारप्रति पश्चाताप व्यक्त गर्नुबाहेक केही गर्न नसकिने जनाएको छ ।

बार्सिलोनाले अगस्ट ११ मा बार्सिलोनाको लेबर ट्रिब्युनलमा नेइमारविरुद्ध मुद्धा दर्ता गरेको छ । पिएसजी गएसँगै बार्सिलोनाले नेइमारको २६ मिलियन लोयल्टी बोनस पनि रोकेको छ । एजेन्सी

You may also Like this

थप समाचार

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...