नेफ–साइपाल यु–१६ उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिताको उपाधि माउन्ट ग्लोरीलाई

२०७४ फागुन ६ गते ०८:५९ मा प्रकाशित


Nef Foodbal tournament (3)

काठमाडौँ । नेफ–साइपाल यु–१६ फाइभ ‘ए’ साइड उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिताको उपाधि माउन्ट ग्लोरी स्कुलले जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपल एकेडेमीद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको फाइनलमा माउन्ट ग्लोरीले नेपालयलाई ७–० गोलले पराजित गरेको थियो । माउन्ट ग्लोरीका आयुश घलानले ह्याट्रिक गरेका थिए भने प्रितम तामाङ र दिपेश गुरुङले २–२ गोल गरेका थिए ।

Nef Foodbal tournament (1)
प्रतियोगिताबाट नेपालय स्कुल दोश्रो भएको छ । विज्ञान स्कुलले तेश्रो स्थान हासिल गरेको छ ।
माउन्ट ग्लोरीका आयुश उत्कृष्ट खेलाडी घोषित भए । यस्तै विज्ञान स्कुलका सागर अधिकारी उत्कृष्ट गोलरक्षक चुनिए ।
विजयी टिम तथा खेलाडिहरुलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलबाट ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

Nef Foodbal tournament (2)
प्रतियोगिताबाट उत्कृष्ट १६ खेलाडी छनोट गरी फिलिपिन्समा मैत्रीपूर्ण प्रतियोगिताका लागि अवसर दिइने नेफका अध्यक्ष नारायण रोकाले बताए । त्यस्तै १० उत्कृष्ट खेलाडिलाई साइपलले प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्नेछ ।
प्रतियोगितामा ६४ टिम सहभागी भएका थिए ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...