राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

२०७५ जेष्ठ २० गते १९:३८ मा प्रकाशित


tekwado

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ ।
सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले काठमाडौं जिल्लाको नयाँ कार्यसमितिको चयन गरेको हो । सो अवसरमा मुख्य अतिथिको रूपमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेको उपस्थिति रहेको थियो ।
काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको ११ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा विनय महत सर्वसम्मत चुनिएका छन् । त्यस्तै उपाध्यक्षमा बालकृष्ण निरौला, सचिवमा रोशन बोहरा, सहसचिवमा सुवास खड्का, कोषाध्यक्षमा सबिना भट्टराई, सहकोषाध्यक्षमा वीरेन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
यसैगरी सदस्यहरूमा आस्मा घिमिरे, रामचन्द्र गोपाली, गंगा कार्की र बजुर तितुङ रहेका छन् । अन्य एक सदस्यको छिट्टै मनोनयन गरिने राष्ट्रिय तेक्वान्दो सङ्घका महासचिव राजकुमार कार्कीले जानकारी गराएका छन् ।
सो ग्रेडिङ तथा पुनर्गठन कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ, मीन थापा, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तेक्वान्दो पदाधिकारी, प्रशिक्षक र खेलाडीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि ध्रुवराज न्यौपानेले अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने सम्भावित खेल तेक्वान्दोको विवाद समाधान हुनुपर्ने बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष गुरुङले तेक्वान्दो विवादको समाधानको विकल्प भनेको ‘तेक्वान्दोको फेडरेसन हो भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरेका थिए । त्यस्तै, महासचिव कार्कीले नयाँ कार्यसमितिले सक्षम र युवा तेक्वान्दो खेलाडी उत्पादन गर्न सकोस् भन्दै सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै, नवनिर्वाचित अध्यक्ष विनय महतले आफूलाई जुन विश्वासले सङ्घले जिम्मेवारी दिएको छ त्यसमा खरो उत्रिने भन्दै सङ्घलाई धन्यवाद दिएका थिए । विकास अनुशासन र गतिशीलता आफ्नो मुख्य हतियार हुने बताउँदै केही समय महिनाभित्रै नयाँ कार्यसमितिले काठमाडौंमा तेक्वान्दोको प्रतियोगिता गर्ने महतले जानकारी पनि गराएका थिए ।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...