नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)

२०७५ पुस २४ गते १५:५१ मा प्रकाशित


National PABSAN Gokarneshwar Municipality (1)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ निर्विरोध चयन भएका छन् ।

National PABSAN Gokarneshwar Municipality (5)
सोमबार बौद्धमा रहेको सेन्टर फुडल्याण्डको हलमा नेसनल प्याब्सन काठमाडौँले आयोजना गरेका प्रथम ऐतिहासिक नगर अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन ।

National PABSAN Gokarneshwar Municipality (8)
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ सहित उपाध्यक्षमा मदन राज रेग्मि, सचिवमा मोहन अधिकारी, सह–सचिवमा साधना खतिवडा, कोषाध्यक्षमा निराजन आचार्य, सदस्यहरुमा सिता पाण्डे, सुजित बुढाथोकी, थानेश्वर भुसाल, गणेश धिताल, जे.एस. तामाङ निर्विरोध चयन भएका छन् ।

National PABSAN Gokarneshwar Municipality (4)
नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीको प्रमुख आतिथ्यतामा गरिएको उक्त ऐतिहासिक नगर अधिवेशनमा इस्टपोल स्कुलका अध्यक्ष इश्वर प्रसाद सापकोटा, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, नेसनल प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठ लगायत नेसनल प्याब्सनमा आवद्ध गोकर्णेश्वर नगरपालिकाका सदस्य विद्यालयका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

National PABSAN Gokarneshwar Municipality (9)सोही अधिवेशनको भेलाबाट इस्ट पोल स्कुलका अध्यक्ष सापकोटालाई नेसनल प्याब्सन गोकर्णेश्वर नगर कमिटीको प्रमुख सल्लाहकारमा चुनिएको छ ।National PABSAN Gokarneshwar Municipality (3)

उक्त नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि एवं नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले देशको संरचनामा परिवर्तन भएसंगै स्थानिय तहमा नेसनल प्याब्सनको प्रतिनिधित्व रहन नेसनल प्याब्सन काठमाडौँले काठमाडौँमा रहेका विभिन्न नगरमा नगर कमिटी गठन गर्दै आएको छ । सोही अनुसार गोकर्णेश्वर नगरपालिकामा पनि कमिटी गठन गरिएको बताएका थिए । नयाँ कार्यसमितिलाई बधाई दिँदै शैक्षिक गतिविधिमा गोकर्णेश्वर नगरपालिकामा नेसनल प्याब्सनको मुख्य भुमिका रहने बताएका थिए ।

National PABSAN Gokarneshwar Municipality (2)
यस्तै नयाँ कार्यसमितिलाई बधाई दिँदै इस्ट पोल स्कुलका अध्यक्ष सापकोटाले आफुले नेसनल प्याब्सन गोकर्णेश्वर नगर कमिटीलाई सम्पुर्ण रुपले सहयोग गर्ने बताएका थिए ।

National PABSAN Gokarneshwar Municipality (6)
नेसनल प्याब्सन काठमाडौँले यसअघि कागेश्वरी मनोहरा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, तारकेश्वर नगरपालिका र टोखा नगरपालिका नगर कमिटी गठन गरिसकेको बताइएको छ ।
सोही प्रथम ऐतिहासिक नगर अधिवेशनमा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित अध्यक्ष बाल कुमार गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न
नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ र स्वयंसेवी अभियान नेपाल (भिन) को संय ...

एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)
एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) काठमाडौँले एन प्याब्सनको २१औँ स्थापना दिवसको अवस ...

रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)
रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)

काठमाडौँ । चावहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘वार्षिक खेलकुद महोत्सव&rs ...

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...