नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

२०७५ बैशाख १० गते १९:३२ मा प्रकाशित


  • पुष्पा घिमिरे

puspa Ghimire I Lekha
खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग अभिब्यक्ति दिने कला छ ? भन्थे । खै त्यो त मलाई थाहा छैन तर नारी माथी भएका घिनलाग्दा घटनाहरु सुन्दा हेर्दा पढ्दा मन भित्र बिद्रोह उत्पन्न हुन्छ ।
पुरुष प्रधान भनिएको हाम्रो समाजमा हामी नारीहरुलाई पुरुषहरुले हेर्ने अश्लिल दृप्टि र नचाहिदा हर्कत देख्दा भित्र भित्रै आगो सल्किन्छ । तर गर्ने के ? पोथि बासेको राम्रो हुदैन भन्ने कुतर्कको दलिल पेश अझै हाम्रै अगाडि गर्छन । शहरीया विद्यालयको दैलो देखेका, चाउरी परेको गालामा अनेक थरी विदेशी लाली र पाउडर पहिरिने बर्गको कुरा गर्ने हैसियत छैन होला तर म जस्ता लाखौ मिडल क्लास परिवारका नारीहरु घरबाट निस्किए पछि कुनै न कुनै रुपमा अपमानित हुनु हाम्रो दैनिकी जस्तै हो भन्दा फरक नपर्ला ।
घरबाट निस्किन नपाउदै केटाहरु सिठ्ठी फुक्छन, जिब्रो पड्काउछन, जिस्काउछन, गहिरो नजर लगाउछन । लाग्छ यो त केटाहरुको दैनिकी हो । अब यो कुरा कसलाई सुनाउने ? आमालाई सुनाउँ तिनीहरुबाट जोगिएर हिड भन्ने उत्तर आउछ । बुबा, दाजु, भाईलाई सुनाउने कुरै भएन । प्रहरीमा जाउ समाज र ईज्जतको त्रास छ । भोली बिबाह नहोला भन्ने डर त्यतिकै छ । अर्को पाटो शिक्षाबाट पनि बन्चित छौ । आफ्नो कमाई छैन । अब भन्नुहोस हरेक नारी कति पिडामा हुन्छिन ।
तर फेरी म पनि त एक पुरुषको नै छोरी हुँ । मलाई सबैभन्दा सुरक्षित महसुस नै बुवा हो भन्ने लाग्छ । दुनियाका अरु छोरीलाई पनि यो लाग्नु स्वभाविक हो । मेरो सबालमा म भाग्यमानी नारी रहेछु । मेरो बुवा, आमा र अन्य परिवारका सदस्यले पढ्नु पर्छ भन्ने संस्कारको प्रतिफल नै हो । आज सामान्य अभिब्यक्ति दिन सक्ने भएकी छु । मैले कति रचनाहरु कपिका पानामा लेख्दै च्यात्दै गरे तर आज मेरो साथिले लेख न, पब्लिस गर्छु भन्दा उहाँ प्रति आभारी छु । मैले मेरो जीवनमा छुटाउदा अपुरो हुने आमा बाबा र मेरो मामालाई सम्झिन्छु । अरु आफन्तको पनि उतिकै हात छ । म लेख्न पढ्न सक्ने हुनुमा, यदि मेरो परिवारले बच्चैमा स्कुल नपठाएर खेल्न र घास दाउरा मात्र गर्न पठाएको र सपोर्ट नगरेको भए म कहाँ यसरी लेख्न सक्ने हुनु नी । कुन जंगलमा बच्चा च्याप्दै घासको भारी हाल्द हुने थिए की, कुनै लोग्ने मान्छेको आशमा जीवन गुजार्दै हुन्थे होला । लाख लाख धन्य छु । मेरो परिवार प्रती मलाई पढ्न सिकाए र यहाँसम्म हिड्न सिकाउने मेरा अग्रजहरुको सधै ऋणि हुनेछु । मलाई थाहा छ, म मेरा अग्रजको गुण तिर्न सक्दिन तर प्राण गर्छु असल बन्ने ।
तर अहिलेको दुनिया त्यस्तो कहाँ रह्यो र ?, यहा त बाबुबाट नै छोरी बलत्कृत भन्ने हेडलाईन पढ्नु पर्छ । अफिसमा हाकिमबाट नै यौन दुब्र्यबहार भन्ने समाचारमा जताततै आउछन् । घर मालिकबाट घरमा काम गर्ने महिलालाई यौन हिंसा भन्दै टेलिभिजनमा बज्छ । अब विचार गर्नुहोस त, यस्तो सुन्दा कुन चार्ही नारीको मन त्रसित नहोला र ?, कहिलेसम्म आश र त्रासमा बाच्ने हामीहरु ?
अफिस जाने पढे लेखेकी नारी अफिस जान्छिन तर उनलाई बाटोमा पनि सेफ फिल नहुने अबस्था आउछ ।
साझँ बिहान बाटोमा केटाहरुले पाएसम्म जिस्काउने, बुढेसकाल लागेका बाबुका उमेरकाहरु पनि हामी बस कुर्न उभिएको ठाउमा नजिकै ल्याएर बाईकको हर्न बजाउछन र लिफ्ट दिउला जस्तो ईशारा गर्छन । जुन हामीलाई जरुरी नै छैन । एउटा उमेर पुगेको बाबु समानको पुरुषको नियत कस्तो अब भन्नुहोस त ? हामीलाई जरुरी छैन, हामीले लिफ्ट मागेका पनि छैनौ तर बाईकको पछाडि बस पुर्याउछु भन्छ किन ?, हो अप्ठ्यारो परिस्थिति छ भने राम्रो नियतले गरेको हो भने त्यस्ता मान्छेहरुलाई सम्मान गर्नु पर्छ । सबैलाई एउटै बास्केटमा हाल्न पनि मिल्दैन ।
म तपाईहरुलाई एउटा दृष्टान्त बताउदै छु । म सामान्य आफ्नै कमाईले धेरै नसके पनि पकेट खर्च जुटाउने नारी हुँ । यो पनि सबै मेरो परिवारको सपोर्टमा । आजभन्दा केहि दिन अगाडि कार्यालयबाट बासस्थान फर्कनको लागि म कमल पोखरीमा बस कुर्दै थिए । साझको लगभग ८ बजेको थियो होला । मसंग जोरपाटी घर भएका बैंकमा नै काम गर्ने भाई पनि बाटोमा भेट भयो । म नजिकै बस्ने हिडेर जादा पनि पुग्थे । तर रात झमक्क परेको र संगै भएको भाईलाई बस कुर्नै पर्ने थियो । उनको टाढा पुग्नु पर्ने भएको कारण बस कुर्न थाल्यौ । मेरो नजिकै आएर बाईकले हर्न बजायो कोही चिनेको हो की भनेर मैले नजर लगाए, अपरिचित लाग्यो । अधबैसे उमेरको मान्छे थियो । वास्ता गरिन फेरि हर्न बजायो र नजिकै आएर भन्यो बैनी कहाँ जाने हो ? मैले भने नजिकै हो । किन सोध्नु भएको अंकल ? भने उनको जवाफ आयो म दक्षिणढोकासम्म जाने हो । बस छैन जस्तो छ, बैनीलाई छोड्दिन्छु । पछाडि बस भन्यो, उ मसंग नितान्त अपरिरिचित थियो । मैले पनि बोली खस्न नपाउदै अंकल मेरो नजिकै हो । मसंगै गाडि कुर्दै गरेका भईलाई औल्याउदै भने, उनको घर जोरपाटी हो उनलाई पुर्याई दिनुस न, भन्न नपाउदै बाईकबाला अंकल हुइकिए । अब बुझ्नु पर्ने कुरा म केटी मान्छे हु । मेरो घर नजिकै छ । मलाई बाईकमा बस पुर्याई दिन्छु भन्छ तर मैले मलाई हैन बस कुर्दै गरेको भार्ईलाई पुर्याइ दिनु भन्दा नमानेर भाग्ने त्यो बुढाको नियत के हो ? असल नियत हो भने त्यो भाईलाई पछाडि राख्न नहुने ? मलाई चाही घर पुर्याउछु भन्ने नियत राम्रो हो त ? महिलालाई टर्चर दिने काम हुन्छन । अब यो सामान्य कुरो कसलाई भन्ने ? पाईला पाईलामा जोगिन जरुरि छ यहाँ ।
कठिन परिस्थितिमा पनि नुनिला आँशुका धारा पिएर दूध पिलाउन सक्ने सृष्टिका संरक्षक हामी नारीलाई, पुरुषको चाकर्नीको नजरले जबसम्म यो समाजले हेर्छ तबसम्म नारी माथि अत्याचार हुन्छ । हाम्रो समाजमा नारीमा चेतनाको ज्यादै आबश्यकता महसुस हुन्छ । नारी सम्बन्धि अप्रिय घटनाहरु पनि प्राय चेतना कै कमिले हुने नै भए । नारीहरु पिडित, प्रताडित हुनुमा अशिक्षाले भुमिका खेलेको कुरा नकार्न सकिन्न । त्यो मैले पनि मान्छु । सबैले मान्नु हुन्छ जस्तो लाग्छ तर शिक्षित र अवसर प्राप्त नारीहरु पनि साच्चै स्वतन्त्र, चेतनशिल कति छन त ?
मैले जति नारीहरु जसलाई शिक्षित भनेर चिन्छु आजभन्दा पहिले उनीहरुलाई म रोलमोडलको रुपमा लिन्थे तर मलाई उनीहरु चेतनशिल लाग्न छाडि सक्यो । उनीहरु एक जोर नयाँ लुगा, गरगहना झपक्क लगाएर पर्फिम साडिमा छर्केर, लोग्नेले किनिदिएको आफ्नो साधानमा सपिङ गर्न पाईयो भने यसैलाई स्वतन्त्रता ठान्छन र अझ भनौ अधिकांश महिला अधिकारकर्मीहरु पनि यहि क्याटोगोरीमा पर्छन जस्तो महशुुस हुन्छ मलाई । जो आफ्नै साधन चढ्छन । जो पब्लिक भेकलसम्म युज गर्दैनन् । बनपाखा, दाउरा, घास केही थाहा छैन । मात्र लोग्ने कमाउने परोस भन्ने र गहना किन्न प्रतिस्पर्धामा उत्रदै लोग्नेलाई प्रेसर दिने उनीहरुबाट सर्बसाधरण गृहणी र म जस्ता नारी विद्यार्थीले आश के गर्ने ? म अर्को कुरा भनौ एउटा लोग्ने मान्छे भ्रष्ट हुनुमा कतै घरकी स्वास्नीको प्रेसरले त हैन ? अरुको देखासेखी गर्ने हामी नारीको बानी सुधार्न जरुरी पनि छ ।
यतिसम्म देख्छु की मेरै शाथीहरु विबाहा हुनुभन्दा अगाडि भएको जब विबाहा पच्चात छोड्छन । त्यतिबेला सोच्दैनन् । ययि पुरुषले धोका दियो भने ? धोका नदेला राम्रै होला तर बजार निस्किएर एक कप चियासम्म खादा लोग्ने कै कमाई खाने प्रबृति जहिलेसम्म बन्द हुदैन, तबसम्म नारी स्वतन्त्र र चेतनशिल हुन सक्दिनन् भन्ने मेरो बुझाई हो ।
यहा नारीलाई हेपिन्छ यो यथार्थ हो समाधान के ? भन्ने महत्वपुर्ण कुरा हो । राष्ट्र प्रमुख नै नारी छिन् । यहा नारी हिंसा जहाँ हुन्छ, त्यहा कडा कारबाही हुने वातावरण श्रृजना हुनु पर्छ । अब हामी नारीहरु लोग्नेको मुख ताकेर हैन, आफै कम्मर कस्नु पर्छ । आमाले छोरी, दिदीले बहिनी, भाउजुले नन्दहरुलाई स्कुल पुर्याउनु पर्छ । आउने जेनेरेशनलाई आत्म रक्षाको निम्ति कराँते छोरालाई मात्र हैन छोरीलाई सिकाउनु पर्छ । घर, अफिस, हाट बजार, पार्क जहासुकै किन नहोस नारी मैत्री वाताबरण श्रृजना हुनु पर्छ । छोरी बिबाह गरेर जिम्मा लगाई दिने जात भनेर सोच्ने बावुहरुको दिमाग परिवर्तन हुनै पर्छ । राष्ट्र प्रमुख छोरी हुने यो देशमा हरेक छोरीहरुले चुचुरो टेक्न सक्छन भन्ने भावना हरेक बुवामा, हरेक दाजुहरुमा हरेक भाईहरुमा हुनु पर्छ । यो मानशिकता विकास गर्न कुन नियम, कानुन, धारा बनाउने हो । त्यस्ता नीति, नियमहरु बनाउँदै महिला विरुद्धको विभेद जराबाट नै समाप्त गर्ने तर्फ सबैको ध्यान जान जरुरी छ ।

You may also Like this

थप समाचार

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)
‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)

काठमाडौँ । स्कुल एलाईन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा ‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम् ...

ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)
ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)

काठमाडौँ । सुकेधारामा रहेको ब्रुकलिन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं कक्षा १२ उतिर्ण विद्यार्थ ...

यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)
यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘तिज वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...