सलहेसः इतिहासमा नअटाएका लोक नायक !

२०७३ कार्त्तिक ११ गते १७:३९ मा प्रकाशित


  • aditya आदित्य महतो, कक्षा ९ मा अध्य्यनरत

विश्वमा धेरै महत्वपूर्ण र ऐतिहासिक व्यक्तित्वहरु छन् । जुन मानिस कुनै महत्वपूर्ण काम गर्छन, समाजमा महत्वपूर्ण योगदान दिन्छन्, जसले महत्वपूर्ण काम गरेर इतिहास रच्छन्, उनलाई ऐतिहासिक व्यक्तित्व भनिन्छ । मानिसहरु जुन वर्गको भएता पनि, जुन सुकै धर्म, संस्कृति मानेतापनि समाजमा महत्वपूर्ण काम गर्यो भने समाजकोलागि उत्थान र विकासको काम गर्यो भने उनलाई ऐतिहासिक व्यक्तित्व मानिन्छ ।

उनको लागि हाम्रो मनमा एक प्रकारको देशप्रेमी भाव, आफ्नो समाज र जनताकोलागि मदत गर्ने र विकास गर्ने भाव, इच्छा तथा चाहना हुन्छन् ।

त्यस्तै ऐतिहासिक व्यक्तित्वमा एक हुन, राजा सलहेस जो जय वर्दन शैलेश नामले पनि प्रसिद्ध छन । उनको जन्म पांचौ शताब्दीमा भएको विभिन्न विज्ञ र इतिहास जान्ने व्यक्तिहरुले मान्दै आएका छन् । जुन मिथिलाको मैसौथा वर्तमान नेपालको सिरहा जिल्लामा पर्दछ ।

सलहेस जसलाई आधुनिक कालमा शैलेश पनि भनिन्थ्यो उनको जन्म बारे विभिन्न प्रकारको बिश्वास रहेको पाइन्छ । मानिसहरुले मान्दै आएका छन् की उनको जन्म गर्भबाट नभई मिथिलाको मैसौथा भन्ने स्थानमा नवजात शिशुको रुपमा प्राकट भएर भएको थियो । उनी एउटा शक्ति थिए र मानिसको रुपमा पृथ्वीमा अवतरित भएका थिए भन्ने विश्वास स्थानीय मानिस र विज्ञहरुको रहेको छ ।

उनको जन्म पृथ्वीमा जनहितको लागि रहेको सबैले मान्दै आएका छन् । उनलाई मिथिलामा लोक नायकको नामले पनि चिनिन्छ । उनले मिथिलाका मानिसहरुको लागि धेरै महत्वपूर्ण योगदान दिएका छन् । यस कारण मानिसहरु विशेषगरि मिथिला र किरांत क्षेत्रका बासिन्दाहरु उनलाई अहिले सम्म लोकनायकका रुपमा मान्दै आएका छन् । सलहेसको गाथा मिथिलांचलको ऐतिहासिक, राजनैतिक, भौगोलिक र सांस्कृतिक परिवेशको जिवंत अभिलेखको रुपमा भारत र नेपालको सिमाक्षेत्रमा लोक प्रचलित छ ।

उनले आफ्नो समाजकोलागि यस्ता महत्वपूर्ण योगदान दिएका छन् की उनि हाम्रो मनमा र आत्मामा बसेका छन् । उनको योगदान कहिले पनि विर्सिन नसकीने छ । उनले लोकहितको लागि र जिव जनावरहरुकालागि धेरै महत्वपूर्ण योगदान दिएका थिए । जसकारण उनलाई मानिसहरु देवताको रुपमा पुजा गर्दछन् । अहिले वर्तमान कालमा मान्छेहरु उनको आराधना गर्दछन् । नेपालको भित्री पहाड देखि सम्पूर्ण मिथिलान्चल साथै उत्तर भारतका स्थानीयहरु उनको आराधना गर्दछन् ।

उनि खासगरि दुसाध जाति (हाल दलित) को भए पनि ब्राहमण, क्षेत्री लगायत विश्वको सबै श्रद्धाले बैशाख सक्रान्तिको दिन उनलाई अर्चना गर्दछन् । उनलाई मानिसहरु लोक देवताको रुपमा पुजा अर्चना गर्दछन् ।

विज्ञहरुको अनुसन्धानको फलस्वरुप हामीले यो प्रेरणा पाएका छौ की सलहेसले आफनो युगको विषम परिस्थितीबाट माथि उठेर जुन सत्कर्म, सद्भाव र प्रेम मार्ग र नयां आदर्शको प्रतिपादन गरेका थिए । निश्चय नै उनको देवरुपको द्योतक हो ।

हाम्रो देशमा अन्य धेरै राजा तथा महाराजाले आफ्नो सत्ता बसाएका कारण उनिहरुको इतिहास र साहित्य लेखियो । तर सलहेस एक लोक नायक भएर पनि मिथिलांचलका नागरिकहरुले उनलाई आफ्नो राजा मानेता पनि उनलाई विभिन्न कारण देखाई देशको ऐतिहासिक तथा महत्वपूर्ण व्यक्ति हुदां हुदै पनि उनको इतिहास अहिले सम्म लेखिएन । यस कारण हामीले आफ्नो पुर्खाको विरता र एउटा देशप्रेमी भाव र उनको ऐतिहासिकता विश्व सामु ल्याउन प्रयास गर्नु पर्दछ ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...