मिस नेपाल खतिवडा सद्भावना दूतमा नियुक्त

२०७५ पुस १८ गते १८:२० मा प्रकाशित


miss nepal shringkhala khatiwada

काठमाडौँ, १८ पुस । व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ । 

बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिनुभयो । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उहाँको छ । 

बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । 

सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गर्नुभएको थियो । 


सो कार्यक्रममा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले आफू सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको सद्भावना दूत हुन पाउँदा असाध्यै खुशी लागेको बताउनुभयो । 

विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ । 

बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ । यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ । विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो । बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ । रासस

You may also Like this

थप समाचार

श्रीलङ्कामा बाढी, दुई जनाको मृत्यु, ८६ हजार प्रभावित
श्रीलङ्कामा बाढी, दुई जनाको मृत्यु, ८६ हजार प्रभावित

कोलम्बो, १२ पुस । श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् । अत ...

धरहरा पुनर्निर्माणको शिलान्यास आज
धरहरा पुनर्निर्माणको शिलान्यास आज

१२ पुस, काठमाडौं । धरहरा पुनर्निर्माणको शिलान्यास आज हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे पुनर्निर्माणक ...

रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए
रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

१२ पुस, काठमाडौं । युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टासँग बुधबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । युभ ...

दिपिकाले विवाहमा लगाएको करडौँको हिराको औँठी चर्चामा
दिपिकाले विवाहमा लगाएको करडौँको हिराको औँठी चर्चामा

बलिउड नायिका दिपिका पादुकोण र रणवीर सिंहले भर्खरै विवाह गरेका छन् । निकै गोप्य तरिकाले गरिएको विवाहको फोटो अहिले सामाजिक सञ् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...