देशभर कसको मत कति ?

२०७४ असोज २६ गते १०:१४ मा प्रकाशित


२६ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन् । गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ ।

स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत ‘पपुलर’ मत ल्याउने देखिन्छ । त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ । एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् ।


कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन ।

वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ । साथै, कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुन आउँछ ।

वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ । तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ ।

स्थानीय तहमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा २ लाख मत कटाउनेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा गरी ६ दल मात्रै देखिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

शिक्षा विधेयकको विरोधमा एनप्याब्सन काठमाडौँले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै
शिक्षा विधेयकको विरोधमा एनप्याब्सन काठमाडौँले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै

४ असोज, काठमाडौँ । अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५ संशोधनका लागि निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन ...

बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको १५ दिनको तालिम पश्चात स्वदेश फिर्ता
बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको १५ दिनको तालिम पश्चात स्वदेश फिर्ता

असोज ४, काठमाडौँ । बूढानिलकण्ठ नगरपलिकामा रहेको बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको हेनान प्रान्तमा रहेको शाओलिन म ...

संविधान दिवसको अवसरमा जुगलले गर्यो मुलुकी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम (भिडियो)
संविधान दिवसको अवसरमा जुगलले गर्यो मुलुकी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम (भिडियो)

३ असोज, काठमाडौँ । कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले संविधान दिवसको अवसरमा मुलुकी ऐन–२०७४ सम्बन्धि अन्तरक्रिया क ...

रिभेराले गर्यो ‘विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम’ (भिडियो)
रिभेराले गर्यो ‘विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मैजुबहाल, चुच्चेपाटीमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...