म्यान्चेस्टर सिटी विजयी

२०७४ पुस २ गते ०९:४० मा प्रकाशित


काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान बनाएको छ ।

manchester city

अघिल्लो हप्ता प्रिमियर लिग इतिहासकै सबैभन्दा लामो लगातार १५ औं जितको कीर्तिमान बनाएको म्यान्चेस्टर सिटीले यो हप्ता उक्त कीर्तिमान अझ लम्ब्याएको हो ।

गएराति भएको खेलमा म्यान सिटीले टोटनह्याम हट्सपरलाई ४ -१ ले हरायो ।

खेलमा सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले दुई गोल गरे भने ईके गुन्डोगान र केभिन डे ब्रायनले १-१ गोल गरे ।

टोटनह्यामका क्रिश्चियन एरिक्सनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको शीर्ष स्थानको अग्रता १४ अंक पुर्‍याएको छ ।

प्रिमियर लिगकै अन्य खेलमा चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदा आर्सनलले न्यूकासल युनाईटेडमाथि १-० कै जित निकाल्यो ।

यसैगरी क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई उसैको मैदानमा ३-० ले हराउँदा वेष्ट ह्याम युनाईटेडले स्टोक सिटीलाई ३(० ले तथा हडर्सफिल्ड टाउनले वाट्फोर्डलाई ४-१ ले पराजित गरे ।

बर्न्ले र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् । गएरातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३८ अंकसहित दोस्रो स्थानमा छ भने समान ३८ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...