​मलेसियाको कमाइले आमाको खुट्टाको उपचार गरें

२०७३ असार ५ गते २१:२७ मा प्रकाशित


सन् २०१३ जुलाई ३१ को दिन थियो । जुन दिन मैले आफ्नो देश छाडेर मलेसियामा पाइला राखेको दिन । खोटाङमा स्थानीय सञ्चारमाध्यममा काम गर्दागर्दै आफ्नो आमाको खुट्टाको उपचार खर्च जुटाउन मलेसिया गएको थिएँ । 

मेरै कमाईले अहिले आमाको खुट्टाको उपचार भैसकेको छ । म मलेसिया आउँदा नयाँ ठाउँ, नयाँ मान्छे मनमा अनेक थरी सोच । देशकै मान्छेहरु पनि नयाँ लाग्थ्यो । मलेसियाको सेलेङगर राज्य बातुकेभमा रहेको क्यान कम्पनीमा १२ घण्टा काम गर्दै परदेशको यात्रा सुरु भएको थियो । 

पहिला देखिनै साहित्यमा रुची राख्थेँ । यहाँ आएपछि पनि निरन्तरता दिने कोसिस गरेँ । तर मैले देश छाडेपछि केही कुराले मलाई पनि छाड्यो । सँगै जिउने बाचा गरेकी प्रेमिकाले धर्म मिलेन भन्दै छाडिन् । कोठाको ल्याप्टप  र कागजात पनि चोरी भयो । 

तर काम भन्ने कुरा सानो ठुलो हुँदैन भन्दै निरन्तर काम गरिरहेँ । गाउँमा एउटा घर बनाएँ । विपतमा परेका केहि व्यक्ति र संघसंस्थालाई सहयोग गर्न सकेँ । केही अभियानको आफैं नेतृत्व गरें । ती अभियान सफल पनि भए । परदेशबाटै पनि देशका लागि केही गर्न सकिँदो रहेछ ।

मेरो तीन वर्षे बसाई सकेर नेपाल फर्किँदै छु । गुड वाई मलेसिया । उज्यालो अनलाइनबाट साभार

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...