संघीयता फेल गर्ने षड्यन्त्र सुरु भयोः मुख्यमन्त्री शाही (भिडियो)

२०७५ मंसिर ७ गते ११:२९ मा प्रकाशित


mahendra bahadur shahi

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता फेल गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन ।
संवाद चौतारीले बिहीबार गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको विवाद सल्काएर संघीयतालाई बदनाम बनाउने काम भएको दाबी गरे । उनले केही शक्तिहरु संघीयता नै असफल बनाउने दाउमा लागेको बताए ।

कम्यूनिस्ट पार्टीलाई दुईतिहाइ बहुमत दिएर जनताले अग्निपरिक्षा लिएको भन्दै उनले कसैलाई दोष दिएर अहिलेको सरकार उम्कन नपाउने बताए । संघीयता कागजमा व्यवस्था गरे पनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ व्यवस्थामा अभ्यस्त हुनका लागि ‘ब्रेन वार’ चलाउनुपर्ने बताए ।

केन्द्र सरकारले प्रशासनिक र वित्तीय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाईमा पारेको भन्दै शाहीले केही दिनमै प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच हुनलागेको समन्वय परिषद बैठकमा यसबारे विशेषरुपमा कुरा उठाउने जानकारी दिए ।

फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए ।

हेर्नुहोस भिडियोमाः

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...