लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई

२०७५ कार्त्तिक ३० गते १८:१३ मा प्रकाशित


solari

स्पेनिस क्लब रियल मड्रिडको अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई मु्ख्य प्रशिक्षकको जिम्मेवारी दिईएको छ । पूर्व प्रशिक्षक जुलने लुपेटेगुईको बर्खास्तपछि कार्यबहाकको जिम्मेवारी सम्हाल्दै आएका प्रशिक्षक सोलारीलाई नै प्रमुख प्रशिक्षकको जिम्मेवारीमा पनि नियुक्ति गरिएको हो ।

लुपेटेगुईको बर्खास्त तथा सोलारीको आगमनसँगैं आशातीत प्रगतिमा लम्किएको रियल मड्रिडको मुख्य प्रशिक्षकमा उनलाई नै रोजिएको हो । उनको आगमनपछि रियलले लगातार ४ खेल आफ्नो पोल्टामा पारेको छ । सोलारीको यो योगदानलाई बुझ्दै मुख्य प्रशिक्षकमा जनवरी ३० सन् २०२१ सम्मका लागि नियुक्ति गरिएको हो । उनले कोपा डेल रे अन्तर्गत मेलिल्लालाई, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लाजेनलाई, ला लिगामा रियल भालाडोलिड र सेल्टा डि भिगोविरुद्ध जित दिलाएका थिए ।

पछिल्ला ४ खेलमा रियलले कुल १५ गोल गरेको थियो भने केवल २ गोल खाएको थियो । ला लिगामा रियल म्याड्रिड अहिले १२ खेलमा २० अंकसहित छैठौ स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा चार अंकले मात्र पछाडी रहेको छ ।

You may also Like this

थप समाचार

‘सम्हालिन्छ कहिले मन’ मा पूजाले लिइन् १५ लाख
‘सम्हालिन्छ कहिले मन’ मा पूजाले लिइन् १५ लाख

नायिका पूजा शर्मा पछिल्लो समयमा निकै नाम चलेकी र व्यस्त नायिका हुन् । चलचित्रमा क्षेत्रमा आएको लामो समयसम्म दर्शकको साथ नपाए ...

लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई
लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई

स्पेनिस क्लब रियल मड्रिडको अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई मु्ख्य प्रशिक्षकको जिम्मेवारी दिईएको छ । पूर्व प्रशिक्षक ज ...

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन
भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

२६ कात्तिक, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । संसदीय कार्य मन्त्री अनन्त कुमार ...

युभेन्टससंग मिलान पराजित
युभेन्टससंग मिलान पराजित

२६ कात्तिक, काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-० ले पराजित गरेको छ ।मारियो मान्ज ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...