सिनेमा ‘लुट–२’ को मेकिङ भिडियो सार्वजनिक (भिडियोसहित)

२०७४ बैशाख १२ गते १५:४१ मा प्रकाशित


loot2काठमाडौं, वैशाख १२ – निश्चल बस्नेतको निर्देशनमा बनेको सिनेमा ‘लुट–२’ को मेकिङ भिडियो सार्वजनिक भएको छ । सिनेमा सुटिङको समयमा निर्देशकले कलाकारहरुलाई दिएको निर्देशनलाई यस भिडियोमा देख्न सकिन्छ । २ मिनेट ३५ सेकेण्ड लामो यस भिडियोलाई सिनेमा ‘मेकिङ पार्ट वान’को नामले ‘ब्ल्याक हर्ष पिक्चर्स’ले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको छ । यस हिसावले सिनेमा मेकिङका अन्य भिडियोहरुलाई पनि हामीले देख्न पाउने छौँ ।

मेकिङ भिडियोमा कलाकारहरुले डर लाग्दा स्टन्टहरु दिनुका साथै छायाँकार पुरुषोत्तम प्रधानले ज्यानै जोखिममा राखेर सिनेमाका सिनहरु कैद गरेको देख्न सकिन्छ । त्यस्तै यस भिडियोमा सुटिङ समयमा दयाहाङ राईको हात सिसाले काटेको पनि प्रष्ट देखिएको छ ।

गत वर्षको फागुन १३ मा रिलिज भएको यस सिनेमाले आठ करोडको हाराहारीमा व्यापार गरेका थियो । यस सिनेमामा सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ राई, विपिन कार्की, कर्मा शाक्य, सिर्जना सुब्बा, एलिसा राई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...