सात लाखको लुटपाट, पाँच जना घाइते

२०७५ मंसिर ३ गते १९:२४ मा प्रकाशित


गौशाला, ३ मङ्सिर ०७५ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर रु दुई लाख नगद, पाँच तोला सुन, तीन वटा मोबाइल, १० थान साडी र अन्य गर गहनासहित रु सात लाख मूल्य बराबरको धनमाल लुटेर लगेका छन् ।

बाह्र÷१४ जनाको समूहमा आएका सशस्त्र डाकाहरुले ललिन यादवका साथै स्थानीय सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी पाँच जनालाई घाइते बनाएका छन् ।

डाँकाहरुले घरेलु हतियारबाट प्रहार गरी ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा काटेर घाइते बनाएका छन् ।

डाँकाहरुको कुटाइबाट सुरेन्द्र यादवको अवस्था गम्भीर रहेको छ भने उहाँको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यता बाँकी चार जनाको उपचार सम्सी स्वास्थ्य चौकीमा भइरहेको जनाइएको छ ।यता जिल्ला प्रहरी कार्यालयबाट डाँकाहरुको व्यापक खोजतलाश भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

You may also Like this

थप समाचार

नयाँ वर्षको पुर्वसन्ध्यामा स्मार्ट क्याफेले ‘नेपाली कल्चर डान्स’ गर्ने
नयाँ वर्षको पुर्वसन्ध्यामा स्मार्ट क्याफेले ‘नेपाली कल्चर डान्स’ गर्ने

काठमाडौँ । धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफेले अंग्रेजी नयाँ वर्ष २०१९ को पुर्वसन्ध्यामा ‘नेपाली कल्चर डान्स&rsquo ...

गोरखापत्र संस्थानमा जागिर खुल्यो
गोरखापत्र संस्थानमा जागिर खुल्यो

काठमाडौं– गोरखापत्र संस्थानले विज्ञापन संकलक पदमा कर्मचारी माग गरेको छ  ।करार सेवामा नियुक्ति गरिने सो पदका लागि म ...

प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’
प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्र ...

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य
यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...