लिभरपुलको सानदार जित, सिटीलाई लेस्टरको झट्का

२०७५ पुस १२ गते १०:५४ मा प्रकाशित


एजेन्सी – इङ्लिश प्रिमियर लिग लिडर लिभरपुलले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकाल्दै शीर्ष स्थान थप बलियो बनाएको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा लिभरपुलले न्युक्यासललाई ४–० गोलले हरायो ।

liverpool-

अर्को खेलमा यसअघि लिभरपुललाई पछ्याई रहेको म्यानचेस्टर सिटी लेस्टर सिटीको अघरमा २–१ गोलले पराजित भयो ।

बक्सिङ डे को दिन घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डेजान लोभ्रेनले ११औं मिनेटमा गोल गरे । मोहमद सलाहले ४८औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरेका थिए । जेर्हदान साकिरीले ७९औं र फाविन्होले ८५औं मिनेटमा गोल गर्दै लिभरपुलको जित सहज बनाए ।

यसैगरी सिटीलाई लेस्टरको नमिठो झट्का लागेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित भएको थियो । सिटीले १४औं मिनेटमा बर्नान्डो सिल्भाको गोलको खाता खोलेको थियो । लेस्टरलाई जित दिलाउन मार्क अल्ब्राईटनले १९औं र रिकार्डो पेरिराले ८१औं मिनेटमा गोल गरेका थिए । ८९ औं मिनेटमा फाबियन डेल्फले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । यसहारले सिटीको उपाधि होडमा नराम्रो धक्का लागेको छ ।

न्युक्सायलसँगको जितसँगै शीर्ष टोली लिभरपुलले १९ खेलबाट ५१ अंक जोडेको छ । न्युक्यासल १७ अंक सहित १५औं स्थानमा छ । लिभरपुल दोस्रो स्थानमा रहेको टोट्टनहाम भन्दा ६ अंकले अगाडी छ । टोट्टनहामको समान खेलबाट ४५ अंक छ । तस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४४ अंक छ । २८ अंक बनाएको लेस्टर सातौं स्थानमा छ ।

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...