लायन्स क्लबको सम्मान कार्यक्रम

२०७५ पुस १ गते १०:०४ मा प्रकाशित


lions-club.

लायन्स क्लव अफ काठमाडौँ एभरेष्ट हाइटको आज सम्मान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लवका अध्यक्ष सुकुमार लोप्चनको अध्यक्षतामा काठमाडौँ जमलमा देश तथा बिदेशमा समेत उत्कृष्ट काम गरेर राम्रो भूमिका खेलेका समाजसेवी उच्च व्यक्तिहरुलाई उक्त समारोहमा लायन्स क्लवले सम्मान गरेको हो ।

lions-club

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, बरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ, १९७७ सालमा जन्मिएर विभिन्न समाज सेवामा आबद्ध बरिष्ठ समाजसेवी डा. सत्यमान जोशी लगायतका विभिन्न सरकारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त समारोहमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ, डा. सत्यमान जोशी, बैकुण्ठ मानन्धर,सी एन एन कि चरिमया तामाङ, संजय खेतान, उद्योगपति बालकृष्ण श्रेष्ठ, समाजसेवी बालराम श्रेष्ठ, समाजसेवी अमर बहादुर श्रेष्ठ लगायतका व्यक्तिहरु उपराष्ट्रपति नन्द बहादुर पुद्वारा सम्मानपत्र ग्रहण गरि सम्मानित भएका छन् ।

सोहि लायन्स क्लव अफ काठमाडौँ एभरेष्ट हाइटले प्राकृतिक प्रकोपमा परेका लगायत विभिन्न ठाउँमा सहयोग गर्दै आएको अध्यक्ष सुकुमार लोप्चनले बताए । कार्यक्रममा उपराष्ट्रपति पुनले उक्त संस्था लायन्स क्लवले यस्ता महान कार्यहरु धेरै गर्दै आइरहेकोमा आँफु धेरै उत्साहित र देशले राम्रो संस्था जन्माएको बताए ।

आगामी दिनमा अझै यस राष्ट्रकै उत्कृष्ट संस्था एवं क्लवले धेरै उत्कृष्ट कार्यहरु गर्दै जाने र आजको महान कार्यमा सम्मानित हुने सबै उच्च पदस्तका व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिए ।

You may also Like this

थप समाचार

पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ
पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, चौतारा ओरालोमा रहेको पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि ला ...

चिसो बढेपछि हुम्लाका विद्यालय बन्द
चिसो बढेपछि हुम्लाका विद्यालय बन्द

१८ पुस, हुम्ला । चिसो बढेका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला ...

‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)
‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० साततले, नारायण चोकमा रहेको माण्डु एकेडेमीले शनिबार (आज) बाट ‘दोश्रो माण् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...