४२३ सवारी चालकको लाइसेन्स खारेज

२०७५ पुस १८ गते १२:११ मा प्रकाशित


licance_1

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

महाशाखाले पटक,पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो ।

महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए।

पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो। “खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,” उनले भने, “दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।”

आर्थिक वर्ष २०७०,७१ मा ५२, आव २०७१,७२ मा १२२, २०७२,७३ मा १३३, २०७३/७४ मा ४१, २०७४,७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।

You may also Like this

थप समाचार

नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न
नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ र स्वयंसेवी अभियान नेपाल (भिन) को संय ...

एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)
एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) काठमाडौँले एन प्याब्सनको २१औँ स्थापना दिवसको अवस ...

रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)
रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)

काठमाडौँ । चावहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘वार्षिक खेलकुद महोत्सव&rs ...

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...