लालु यादवलाई ५ वर्ष जेल

२०७४ पुस ८ गते २०:५४ मा प्रकाशित


laluyadav

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला काण्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । अदालतको आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

बिहारको मुख्यमन्त्री पदमा रहँदा भ्रष्टाचार गरको आरोपमा उनी जेल चलान भएका हुन् । भ्रष्टाचार ठहरिएसँगै यादवको संसदीय पद गुमेको छ ।
बिहारमा गाईवस्तुको लागि दाना र पशुपालनको लागि आवश्यक सामग्री किन्ने भन्दै भएको भ्रष्टाचार ‘चारा काण्ड’को रुपमा चिनिन्छ ।
भारतको झारखण्डस्थित विशेष अदालतले यादवलाई दोषी ठहर गर्दै २५ लाख भारु जरिवाना बुझाउन समेत आदेश दिएको छ ।
यही भ्रष्टाचार काण्डमा अदालतले दोषी ठहर गरेको ४५ उच्च सरकारी अधिकारी र राजनीतिज्ञमध्ये यादव एक हुन् ।
भारतको बहुचर्चित चारा घोटाला काण्डमा करिब १० अर्ब भारु अपचलन भएको अनुमान छ ।
सन् १९९६ मा सार्वजनिक भएको यो भ्रष्टाचार मुद्दाको टुंगो अहिले लागेको हो । भारतमा न्याय सम्पादन प्रक्रिया कति ढिलो छ भन्ने यो उदाहरण पनि हो ।
बिहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाग मिश्रलाई पनि अदालतले दोषी ठहर गर्दै जेल पठाइसकेको छ । उनलाई ४ वर्षको सजाय सुनाइएको छ ।
यो भ्रष्टाचार मुद्दामा ५६ जना आरोपी थिए । मुद्दा जारी रहँदा नै तीमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।
बिहारको राष्ट्रिय जनता दलका नेता यादव भारतीय राजनीतिमा चर्चित पात्र हुन् । उनले लामो समय कांग्रेससँग मिलेर केन्द्रिय सरकारको पनि स्वाद चाखेका छन् ।
भारतको दिल्लीमा रहेको चुनाव निरीक्षण गर्ने संस्था डेमोक्रेटिक रिफम्र्सका अनुसार भारतका १४ सय बढी सांसदले अपराधिक घटनाको मुद्दा खेपिरहेका छन् ।

You may also Like this

थप समाचार

पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन
पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन

पौष १३, काठमाडौं –  लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको च ...

नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो
नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४५ पैसाले बढेको हो। ...

गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो
गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो

एजेन्सी । गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप बन्द गर्ने घोषणा ...

बिग ब्यासः फेरी चम्किए सन्दिप
बिग ब्यासः फेरी चम्किए सन्दिप

पुष १२ - अस्ट्रेलियामा जारी बिग ब्यासमा भएको आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रर्दशन रह्यो । मेलबर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...