लोकतान्त्रिक विधिबाट आफ्नो प्रिफेक्ट छनोट गरे केभिएसका विद्यार्थीहरुले (फोटोफिचर)

२०७५ जेष्ठ ७ गते १९:१४ मा प्रकाशित


KVS Election (1)

काठमाडौँ । गैह्रिगाउँ, सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालय (केभिएस) का विद्यार्थीहरुले यहि शुक्रबार लोकतान्त्रिक विधिबाट आफ्नो प्रिफेक्ट, भाइस– प्रिफेक्ट, हेड ब्वाइ र हेड गर्ल छनोट गरेका छन् ।

KVS Election (4)
निर्वाचन प्रणाली र प्रक्रिया सम्बन्धि प्रयोगात्मक ज्ञान दिलाउन, विद्यार्थीहरुमा नेतृत्व चयन तथा नेतृत्व विकासमा सम्मिलित गराउन, शैक्षिक सत्र भित्र हुने कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि कार्य योजना तर्जुमा गर्ने सिपको विकास गराउन, समय–समयमा बैठक बसि छलफलका माध्यमबाट विद्यार्थीहरुका विचमा विद्यालयले पुर्याउनु पर्ने सहयोग तथा योगदान तर्फ विद्यालय प्रशासनलाई आवश्यक सल्लाह/सुझाव दिन अभिप्रेरित गराउने उद्देश्य सहित स्कुलकै प्रांगणमा विहान ११ बजेदेखी दिउसो २ बजेसम्म मतदान कार्यक्रम गरिएको थियो ।

KVS Election (3)

सो समयमा मतदाता विद्यार्थीहरुले आफ्ना उम्मेदवारहरुलाई जिताउन मत पेटिकामा मत खसालेका थिए । त्यस पश्चात मत गणना गरि ३ः४५ बजे मत परिणाम सार्वजनिक गरिएको थियो ।

KVS Election (5)
प्रिफेक्ट, भाइस– प्रिफेक्ट, हेड ब्वाइ र हेड गलः
निलो सदन (प्रिफेक्ट)–राजु कुमाल
निलो सदन (भाइस–प्रिफेक्ट)–रिजोन श्रेष्ठ
पहेलो सदन(प्रिफेक्ट)–सागर तामाङ
पहेलो सदन(भाइस–प्रिफेक्ट)–सुयोग मोते
हरियो सदन(प्रिफेक्ट)–कुसुम भुजेल
हरियो सदन(भाइस–प्रिफेक्ट)–रुमन श्रेष्ठ
रातो सदन (प्रिफेक्ट) – प्रज्वल तामाङ
रातो सदन (भाइस–प्रिफेक्ट) – माइसन मगर, सुशिल राई
हेड ब्वाइ–अमित लामा (कक्षा–१०)
हेड गर्ल–आस्था घले (कक्षा–१०)

KVS Election (2)
मत परिणाम पश्चात विजेता उम्मेदवारहरुलाई स्कुलका प्रिन्सिपल तथा प्रमुख निर्वाचन आयुक्त सम्झना लामाले बधाई एवं सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

KVS Election (7)
विजयी विद्यार्थीहरुलाई आउदो शुक्रबार एक कार्यक्रमका विच प्रमाण–पत्र, ब्याच वितरण एवं पद तथा गोपनियताको सपथ ग्रहण गरिने बताइएको छ ।

KVS Election (6)

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...