बुढानीलकण्ठको पुनर्स्थापना केन्द्रमा प्रहरी छापा, ५१ युवतीको उद्दार

२०७५ पुस १३ गते ०९:०१ मा प्रकाशित


१२ पुस, काठमाडौं । प्रहरीले बुठानीलकण्ठमा रहेको कृपाघर पनि भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ छापा मारेर उनीहरुलाई उद्दार गरिएको हो ।

केन्द्रबाट दुई युवती भागेर टेकुस्थित काठमाडौं प्रहरी परिसरसम्म पुगेपछि त्यहाँ अमानवीय व्यवहार हुने गरेको खुलेको थियो ।
परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा हानेर युवतीहरुको उद्दार गरेको हो ।
बोगटीका अनुसार रिह्याबका दुई सञ्चालक र दुई जना कामदारलाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्ने सञ्चालकमा सन्तोष गौचन र श्रुति गुरुङ छन् । कामदारको नाम भने खुलाइएको छैन ।

उद्दार गरिएकाहरुमा १२ देखि ६० वर्षसम्मका युवतीहरु छन् । एक जना रसियन नागरिक पनि छन् ।

उनीहरुमध्ये २० जनालाई परिवारको जिम्मा लगाइएको छ भने बाँकी २९ जनालाई माइती नेपालको आश्रयस्थलमा राखिएको छ । स्रोतका अनुसार उक्त रिह्याबको एउटै कोठामा २५ जनासम्मलाई राखेर शारीरिक र मानसिक यातना दिइने गरिएको थियो ।

You may also Like this

थप समाचार

विश्वकप फुटवलः रोनाल्डोले गरे पहिलो ह्याट्रिक
विश्वकप फुटवलः रोनाल्डोले गरे पहिलो ह्याट्रिक

काठमाडौं । विश्वकप फुटवलमा समूह बी को शुक्रबार राति भएको खेलमा पोर्चुगल र स्पेन बराबरीमा रोकिएका छन् । दुबै टिमले ३ -३ गोल गर ...

यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने
यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने

सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित ग ...

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने
बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

काठमाडौं, वैशाख ६ –सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।&nbs ...

कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?

बिरालोसँग जोडिएको केहि अशुभ अन्धविश्वास हो या सत्य यस कुरालाई लिएर प्रायः मानिसहरु अन्योलमा रहने गर्दछन् । जब कुनै बिरालोले ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...