कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना

२०७४ भदौ १ गते १३:२५ मा प्रकाशित


s-k-aएजेन्सी, भदौ १ । भारतीय कमेडियन कपिल शर्माको समस्या हिजोआज बढ्दै गएको छ। यसपटकको समस्या कपिलको शो द कपिल शर्मा शोु को हट सीटमा बस्ने नवजोत सिंह सिद्धुपाजीको कारण भएको छ। भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार कपिल र सिद्धुको बीचमा मनमुटाव भएको छ।

एक एपिसोडको शुटिङमा स्वास्थ्य अवस्था नाजुक भएका कारण सिद्धुपाजी उपस्थित हुन नसेकेको बेला कपिलले सिद्धुको सिटमा अर्चना पुरन सिंहलाई बसाएका थिए। यसकारण कपिलसँग सिद्धुपाजी रिसाएका थिए।

तर अब भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार द कपिल शर्मा शोु मा नवजोत सिंह सिद्धुको ठाउँमा अर्चना पुरन सिंह आउने पक्का भएकी छन्।
खासमा पछिल्लो केही दिनमा नवोजोत सिंह सिद्धुको स्वास्थ्य अवस्थो राम्रो छैन। खराब स्वास्थ्य हुँदाहुँदै शुटिङमा सिद्धु आएपनि उनी शुटिङ गर्न नसकेर फर्किएका थिए। सिद्धुले शुटिङ गर्न नसकेपछि उनको स्वास्थ्य ठीक नभएसम्म कपिलले अर्चनालाई नै हट सिटमा राख्ने निर्णय गरेका छन्।

अब सिद्धु केही समय विदामा बस्नेछन्। यो खबरको पुष्टि अर्चना पुरन सिंहले पनि गरेकी छन्। एक अन्तर्वार्तामा उनले आफु सिद्धुको सिटमा बस्नुपर्ने भएको बताएकी छन्। उनले कपिलले सिद्धुको हट सिटमा बस्न आग्रह गरेपछि आफुले नाई भन्न नसकेको बताउँदै सिद्धुको सिटमा केही एपिसोडसम्म मात्र बस्ने बताएकी थिइन्। जब सिद्धु सन्चो हुन्छन् तब कुनै पनि बेला उनी आफ्नो सिटमा आएर बस्न सक्नेछन्।

कपिल र अर्चना पुराना मिल्ने साथी हुन्। विभिन्न कारणले लगातार शो को टीआरपी घट्दै जाँदा तनावमा भएका कपिल अब शो लाई पहिलेकै जस्तो अवस्थामा फर्काउन कुनै पनि कुरामा सम्झौता गर्न चाहन्नन्। यसकारण उनले सिद्धुलाई केही दिनको लागि विदा दिए र शो लाई नोक्सान हुन बाट बचाउने प्रयास गरेका छन्।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...