प्रकाशलाई अत्यन्तै आत्मीय ढंगले सम्झन चाहन्छु : प्रधानमन्त्री ओली

२०७५ मंसिर ३ गते १९:१६ मा प्रकाशित


kp sharma oli

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभयो ।

स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति सभामा प्रधानमन्त्री दाहालले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नु आवश्यक रहेको भन्दै प्रकाशको निधनका बेला परिवारले देखाएको संयमताको प्रशंसा गर्नुभयो । देशका लागि र समग्र नागरिकका लागि अगाडि बढाउने कुरामा योगदान गरेर देखाउनु नै साँचो अर्थमा स्वर्गीय दाहालप्रतिको श्रद्धाञ्जली ठहर्ने बताउनुभयो ।

‘सम्झना आइरहन्छ, पीडा त भइरहन्छ, त्यसले पीडा मात्रै हुने हो तर परिस्थिति त परिवर्तन हुने होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर यो भन्दै गर्दा फेरि पनि पीडा त भइरहन्छ, तर त्यसलाई संयमका साथ जीवनलाई गतिशील बनाएर अगाडि बढाउनु पर्छ । त्यसका लागि म आग्रह पनि गर्न चाहन्छु ।’

‘जीवनलाई गतिशील बनाइरहनु पर्छ । देशले पनि, परिवारले पनि अनि आफन्तले पनि त्यही ढंगले लिनुपछर्’, प्रधानमन्त्रीले भन्नुभयो ।

कसलाई कसरी व्यवहार गर्ने, पार्टीको गतिविधिको जानकारी कसरी व्यवस्थित बनाउने भन्नेमा प्रकाश दाहालको भूमिका प्रशंसायोग्य रहेको प्रधानमन्त्री ओलीले सम्झनुभयो ।

प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘आज देशको परिस्थितिको बारेमा केही पनि बोल्न चाहन्नँ । आज श्रद्धाञ्जलीको अवसरमा अत्यन्तै आत्मीय ढंगले प्रकाशलाई सम्झन चाहन्छु ।’

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...