कर्णाली प्रदेशबाट चल्ने सवारी साधनमा ‘जिपिएस ट्रयाकर’ राखिने

२०७४ फागुन १४ गते १७:३३ मा प्रकाशित


सवारी दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेशबाट चल्ने सवारी साधनमा जिपिएस ट्रयाकर राखिने भएको छ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चल्ने सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न लागिएको हो।

मोबाइलको  टावरले काम गर्ने उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति दूरीमा पुग्यो भन्ने थाहा हुन्छ। यदि दुर्घटना भएमा त्यसको जानकारी राख्न सजिलो हुन्छ।

कर्णाली प्रदेशका सबै ठाउँहरूमा मोबाइल सेवा नभएकाले जिपिएस ट्रयाकरले यस प्रदेशका सबै सडकहरूमा काम गर्नेछैन। तर यसका लागि कालिकोटको कालिका डाँडामा नेपाल टेलिकमको रिपिटर टावर राख्नुपर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (एआईजी) रणबहादुर चन्दले बताए। उक्त ठाउँमा रिपिटर टावर राखिएमा कर्णाली प्रदेशका सबै सडकहरूमा जिपिएस  ट्रयाकरका माध्यमबाट सम्पर्क हुन सक्ने उनको भनाइ छ।

यस्तै, कर्णाली प्रदेशमा चल्ने सवारी साधन, सवारी चालक अनुमति पत्रको जाँचलगायतका कार्य पनि प्रविधिको माध्यमबाट गर्ने गरि व्यवस्था मिलाइने जनाइएको छ।

दुर्घटना रोक्न अन्य योजना

यसैगरी, कर्णाली प्रदेशमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडकखण्ड र रुकुम–सल्यान राजमार्गमा प्रहरी गस्ती सञ्चालन गरिने एआइजी चन्दले जानकारी दिए। उनका अनुसार सवारी चालक, सडक प्रयोगकर्ताहरूका लागि चेतनामूलक ‘सडक सुरक्षा कार्यक्रम’ पनि सञ्चालन गरिने छ।

यस्तै, रुट परमिट नपाएका सडकहरूमा दुर्घटना बढेका कारण ती सडकहरूमा रुट परमिट नपाएसम्म सवारी साधन चल्न नदिने चन्दले बताए। प्रहरीका अनुसार मुख्य सडकका संवेदनशील स्थानहरूमा आवश्यक सुरक्षा संकेतहरू राखिनुका साथै धेरै दुर्घटना हुने ठाउँहरू, पेट्रोल पम्पको दूरी, मर्मत गर्ने ठाउँको दूरी, प्रहरी ईकाई आदिको जानकारी हुने गरि बोर्डहरू राखिने छ।

यति गर्न सकिएमा उक्त प्रदेशमा हुने सवारी दुर्घटनालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने प्रदेश प्रहरी प्रमुख चन्दको भनाइ छ।
यस्तै, प्रहरीले यात्रुको सुविधालाई मध्यनजर गर्दै कर्णाली राजमार्ग (जुम्ला–कालिकोट–सुर्खेत) सडकखण्डमा चल्ने सवारी साधनहरूलाई लगाएको टाइम कार्डको व्यवस्था परिवर्तन गरेको छ।

अब उक्त राजमार्गमा चालकले मादक पदार्थ सेवन नगरेका साना सवारी साधनलाई आवतजावत गर्न दिने व्यवस्था मिलाइएको छ ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...