निजी स्कुलको योगदानलाई नजरअन्दाज नगरौः कर्ण बहादुर शाही (भिडियो)

२०७५ पुस २७ गते १३:१३ मा प्रकाशित


काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग–२०७५ का सिफारिसहरु तथा शिक्षा मन्त्रालयले तयार पारेको भनिएको शिक्षा ऐन मस्यौदा प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन भए सात वर्ष भित्र सबै निजी स्कुल गुठी वा सामुदायिक संरचनामा रुपान्तर हुनेछन् । उक्त समसामयिक शैक्षिक गतिविधिले यत्ति बेला शिक्षाबृतमा नयाँ बहस/छलफलको विषय बनिरहेको छ ।
सोही विषयमा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले नेसनल प्याब्सनका केन्द्रिय निवर्तमान अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार एवं पाणिनि स्कुलका प्रिन्सिपल कर्ण बहादु शाहीसंग विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Karna Bahadur shahi
अहिलेको सक्रियता केमा छ ?
पाणिनि स्कुल आफैमा चुनौति र अवसरका रुपमा थियो । त्यसलाई हामीले प्रमाणित पनि गरिसकेका छौ । विद्यालय शिक्षा नितान्त कक्षा कोठा भित्रको व्यबस्थापनले मात्र सिमित नहुने भएको हुनाले यसलाई प्रयाप्त ठाउँ आवश्यकता पर्ने हुन्छ । जसका लागि आइडियल इङलिस सेकेण्डरी स्कुल एउटा आफैमा इतिहास बोकेको संस्था र यहाँ भएका भौतिकदेखी लिएर प्रागिक किसिमको पुर्वाधार छ । यसलाई अझ उन्नत बनाउनु पर्ने भएकाले र नेतृत्व लिएको हिसाबले चलिरहेको संस्थालाई अझ व्यबस्तिथ गर्नका लागि बिहानदेखी साझसम्मको समय यसमा नै छ ।
नेसनल प्याब्सनको प्रमुख सल्लाहकार भएको हुनाले अहिले देशमा उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगले एकतर्फी रुपबाट आफ्नो केही कुराहरु बजारमा ल्यायाएको छ । त्यसबाट निजी क्षेत्रको योगदानलाई सम्मान गर्न कन्जुस्याई गर्यो अथवा बायस्ट किसिमको कमिटि बनायो । हामीलाई पहिल्यै नै थाहा थियो उहाँहरुले के गर्नुहुन्थ्यो भन्ने । जुन किसिमको उहाँहरुले यो परिस्थिति श्रृजना गर्नु भयो त्यसलाई चिर्नका लागि नेसनल प्याब्सन, प्याब्सन, हिसान र केही स्वतन्त्र साथीहरु जो विद्यालय क्षेत्रमा एकदम राम्रो गर्ने साथीहरु पनि जोडिनु भएको छ । त्यो कुरालाई अगाडि बढाउनका लागि सल्लाहको हिसाब तथा अन्य हिसाबका लागि पनि त्यसमा सक्रिय भइरहेको छु ।
देशकै निजी विद्यालयहरुको हक, हितका लागि नेसनल प्याब्सन भन्नुहुन्छ, शिक्षा मन्त्रालयद्धारा गठित उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगमा यहाँहरुको प्रतिनिधित्व छैन । यो कस्तो बिडम्बना ?
संविधान जारि भइसकेपछि एक किसिमको चलखेल आजको हैन । यसको पछाडि लामो श्रृंखला छ । एउटा शिक्षामा लागेका र एउटा पक्षको नेतृत्व गर्नेहरुको विचमा मन भित्र असफलताको कुण्ठा छ किनभने सार्वजनिक शिक्षा पुर्वाधारको हिसाबले तथा अन्य हिसाबले हेर्ने हो भने धेरै राम्रो चलायमान हुनुपर्ने । सरकारी बजेटमा परिवर्तन भएको छ । सबैले शिक्षालाई प्राथमिकतामा राख्नु पर्छ भन्ने बुझ्नु भएको छ । तर दिनानुदिन शैक्षिक बजेट बढ्नुको साटो घट्दो अवस्थामा छ । यो साल अलिकति बढाउँदा १०% को हाराहारिमा लगानी भएको छ । अब त्यो लगानी हुँदा हुदै पनि परिणाम नहुँदा एक किसिमको गलत सोच हाबी भएको छ ।
निजी विद्यालयहरुले स्वदेशमा रोजगारीदेखी धेरै कुराहरुमा योगदान गरेका कुरालाई नजरअन्दाज गर्ने, यो बाधक नै निजी स्कुल हो भनेर जुन अपव्याख्या गर्ने प्रयास गर्नु भएको छ । यसको पछाडिको मुल कारण भनेको सार्वजनिक शिक्षालाई अगाडि बढाउन नसक्ने त्यो कुण्ठा र नकारात्क पक्षको कारणले गर्दा त्यो लबि हिजो पनि भएको थियो, भइरहेको छ र अहिले पनि त्यसको निरन्तरता छ । तर वास्तविकता के हो भने हामी त्यसै पनि पछाडि छैनौ । मैले जहिले पनि भन्दै आएको छु, समाज उन्नत हुनका लागि राजनैतिक परिवर्तनले मात्र हुदौ रहिनछ । राजनैतिक परिवर्तनसंग–संगै सामाजिक मान्यताहरु, हाम्रा संस्कारहरु, हाम्रो दैनिकीहरुमा पनि परिवर्तन भयो भने समग्र प्रणालीले काम गर्छ । तर हाम्रो यहाँ के भयो भने पहिले एउटा राजा हुन्थ्यो र अहिले १०, १२ जना राजाहरु छन् भन्ने आरोप छ किनभने त्यो सामन्ति शैली अहिलेका नेताहरुमा राजा भन्दा चर्को देखियो छ । त्यसलाई हेर्ने हो भने समय सापेक्ष मान्छेहरुको सोचाई, व्यबहारमा परिवर्तन हुँदै गएको छ । मान्यताहरु पनि परिवर्तन भएका छन् । कुनै जवानामा बाबु, बाजेले नजाने ठाउँको बाटो नसोध्नु भन्थे अहिले जानेर के बिग्रन्छ भन्ने सोचको विकास भएको छ । यसको मतबल सुचना र प्रविधिमा जसको पकट छ उसैले संसारमा रुल गरेको छ । चाहे विल गेट्स भन्नुस्, चाहे अमेरिका भन्नुस् । सुचना र प्रविधिमा जसको प्रभुत्व छ उसैले रुल गरेको छ । भनेपछि यो मान्यतालाई मान्ने कि नमान्ने ?
हिजो दमाइ, सार्की, चमार, दर्जीलाई दलित भनेर खुट्टामा राखिन्थ्यो । सिप भएका मान्छेहरुलाई टाउकोमा राख्नु पथ्र्यो । बोल्ने, भाषण गर्ने बाह्मन, क्षेत्रीलाई टाउको राखियो । तर उहाँहरुलाई दलित भनेर छुवाछुतको रुपमा हेरियो । जर्मन, जापान, कोरियाले सिप भएका मान्छेहरुलाई टाउकोमा राखे । जसको परिणाम उनीहरु समृद्ध राष्ट्र बनेका छन् ।
अब जनजाति, दलित व्यबहारमा नै परिवर्तन आउनु पर्यो । त्यस्ता सिप भएकालाई हामीले टाउको राख्नु पर्यो । यसको मतलब स्वदेशी पुजी, लगानीबाट जुन संरचना बनेको छ । यो संरचना भनेको राष्ट्रको सम्पति हो । संविधानमा हेर्ने हो भने त्यसको प्रारुप समावेसीतालाई अगाडि बढाउने भनेको हो । समावेसीता भनेको अर्थमा पनि विविधता छ है भनेको हो । अर्थको विविधतालाई एकांकि ढंगले एउटै ढोकाबाट सरकारी पैसा, सरकारी ढुकुटी गर्ने भएको भए चाइना, चाइना हुदैनथ्यो । त्यहा अमेरिकामा बिक्रि हुने आइफोन बन्ने कम्पनि छ । भनेपछि मण्टिनेशनल कम्पनी आए, १ लाखको हाराहारीमा संसारका वल्र्ड क्लासका निजी विद्यालयहरु खुल्दैछन् । उद्यपि सार्वजनिक शिक्षा बलियो छ । भनेपछि उहाँहरुले साम्यवादी व्यबस्थामा समय सापेक्ष मान्यताहरुलाई परिवर्तन गर्नुभयो । जसका कारणले आज चाइना, चाइना भएको छ ।
यसमा मेरो भनाई स्वदेशी पुजी, लगानीबाट जुन संरचना बनिसकेको छ । कतिपय स्कुुल हेर्ने हो भने अन्तराष्ट्रिय स्तरमा जानिएका, बुझिएका पाठ्यक्रमहरुदेखी त्यो स्तरको स्कुल चलाउने हैसियत निजी क्षेत्रले बनाएको छ । यो त स्वदेशी दक्षता हो । आज ९९.९९ प्रतिशत शिक्षकहरु रहेछौ निजी स्कुल खोल्नेहरु ।
उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगको प्रारम्भिक मस्यौदा प्रतिवेदनबाट सार्वजनिक भएका कुरालाई आधार मान्ने हो भन्ने शिक्षा सुधारका लागि निजी विद्यालयहरुलाई ७ वर्षपछि गुठि अथवा सार्वजनिक विद्यालयमा लैजाने भनिएको छ । यसलाई कसरी लिनुहुन्छ ?
गुठिको प्रष्ट कानुन नेपालमा छैन । अहिले गुठिको नाममा मुलुकलाई ब्रह्मलुट गर्ने काम भएको छ । आज कम्पनिमा नितान्त निजी व्यक्तिको लगानी र रिक्स भएको हुनाले हामीले प्राइभेट भनेका हौँ । लगानीको जोखिमलाई टाउकोमा लिनु पर्ने र घाटा खायो भने सहनुपर्ने भएको हुनाले कम्पनीको रुपमा छ ।
आज कर तिर्न सक्ने मुख्य क्षेत्र हेर्ने हो भने निजी विद्यालयहरु पनि छन् । चौथो, पाचौ नम्बर निजी विद्यालय पर्दछ । आफ्नो लगानीको रिटर्नको अपेक्षा गर्दा कर तिर्नु पर्ने प्रावधानको कारण राज्यको ढुकुटीमा निजी विद्यालयको ठुलो योगदान रहेको छ । तर गुठिमा हुँदा प्रष्ट रुपमा राज्यलाई सहयोग गर्ने प्रावधान केही छैन ।
अहिलेको ड्रब आउटको तथ्यांक हेर्ने हो भने २० लाख विद्यार्थीहरु कक्षा १ मा भर्ना हुन्छन् तर ५ लाखले मात्र एसईई दिन्छन् । सरकारी विद्यालयमा कक्षा १ मा भर्ना भएका २५ प्रतिशत विद्यार्थीहरुले मात्र एसईई दिन्छन् । निजी विद्यालयमा १ मा भर्ना भएका ८० प्रतिशत विद्यार्थीहरुले एसईई दिन्छन् । यसमा सरकारले लगानी बढाउनुको विकल्प छैन । यत्रौ दरबन्दी खाली हुदाहुदै शिक्षक पठाउन सकेको छैन, अब पठाउनु पर्यो । स्कुलहरु थप खोल्नु परे खोल्नु पर्यो । निजीमा २० प्रतिशत विद्यार्थीलले के कारणले पढ्न सकेनन्, त्यसलाई लगानी बढाउन सकिने भयो । वास्तबमै स्कुलको अनुहार नदेखेकालाई स्कुलमा ल्याउनु पर्यो । सरकार ध्यान यत्तातिर रहन जरुरी छ ।
शिक्षा सुधारका लागि निजी विद्यालय बन्द गर्नुपर्छ भन्ने कुरा शिक्षा विद् डा. मनप्रसाद वाग्लेले राख्दै आएका छन् । यसमा तपाई के भन्नुहुन्छ ?
यो भन्नु कमजोरी हो । शिक्षा विद् डा. मनप्रसाद वाग्ले जो लामो समय काठमाडौँ युनिभर्सिटीमा काम गर्नु भयो । देशकै अग्रणी युनिभर्सिटी हो । डा. मनप्रसाद वाग्लेजी जस्ता केही शिक्षा विद्हरु जसले चाहि व्यबहारमा कमी कमजोरी भयो भन्नु भएको छ । सार्वजनिक शिक्षामा लगानी खेर गयो पनि भन्नुभएको छ । उहाँहरुले कुनै ठाउँका म्यानेजमेन्ट हेरेर, चलाएर देखाएको भए त हुन्थ्यो नी ।


नेसनल प्याब्सनका केन्द्रिय निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार, पाणिनि स्कुलका प्रिन्सिपल कर्ण बहादु शाहीसंगको भिडियो कुराकानी हेर्नका लागि तलको लिंकल जानुहोस्ः

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...