झापाको मेचीनगरमा आगलागीबाट २२ घर खरानी

२०७५ पुस १३ गते ०९:२० मा प्रकाशित


बिर्तामोड । झापाको मेचीनगर–६ स्थित एक वस्तीमा गएराति भीषण आगलागी हुँदा २२ घर जलेर खरानी भएका छन् ।

japa-mechinagar-agalagi

‘साठी बिघा’ वस्तीमा गएराति फैलिएको आगोले करिब २२ घर तथा टहरा जलेर नष्ट भएका हुन् । राति करिब ८ बजेबाट आगलागी सुरु भएकोमा केही घण्टाभित्रै दमकलको सहायताबाट आगो नियन्त्रणमा लिइएको थियो ।

नवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय छविलाल आङदाम्बेको घरबाट आगो सल्किएको काँकडभिट्टा प्रहरीले जनाएको छ । लोडसेडिङ भएपछि उनले मैनबत्ती बालेर राख्दा ग्यास सिलिण्डरको पाइप सल्किन पुगेको र सोही ग्यासबाट आगलागी सुरु भएको प्रहरीले भनाइ छ ।

प्रहरीका अनुसार आगलागीबाट ६ वटा घर र १६ वटा टहरामा क्षति पुगेको र करिब डेढ करोडभन्दा बढीको नोक्सानी भएको छ । घरका साथै होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर खरानी भएका छन् । आगो सल्किएको आङदाम्बेको घर र आसपासका घर तथा टहरा चित्रा र फुसले बनाइएका थिए, सोही कारण आगो छिटो फैलिएको र बढी क्षति पुगेको जनाइएको छ ।

You may also Like this

थप समाचार

पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ
पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, चौतारा ओरालोमा रहेको पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि ला ...

चिसो बढेपछि हुम्लाका विद्यालय बन्द
चिसो बढेपछि हुम्लाका विद्यालय बन्द

१८ पुस, हुम्ला । चिसो बढेका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला ...

‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)
‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० साततले, नारायण चोकमा रहेको माण्डु एकेडेमीले शनिबार (आज) बाट ‘दोश्रो माण् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...