झापाकाे लालझोडामा आगलागी, एउटै परिवारका चारको मृत्यु

२०७५ मंसिर १० गते १०:२९ मा प्रकाशित


१० मंसिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित एक घरमा गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महीनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । 
खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो । विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

 

 

You may also Like this

थप समाचार

नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन
नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गाद ...

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने
निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

३० कात्तिक, कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता ...

रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु
रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु

३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भए ...

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...