जापानले २८ करोड २० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने

२०७४ साउन ३२ गते ११:१५ मा प्रकाशित


nepal-japanकाठमाडौं, साउन ३२ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न २८ करोड २० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

सहयोग उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरे । साथै, उनीहरुले आ–आफ्नो देशको सरकारका तर्फबाट उक्त समझदारी पत्र आदान प्रदान गरे ।

उक्त सहयोगअन्तर्गत प्राप्त हुने अनुदानसम्बन्धी समझदारी पत्रमा भने अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वयमा महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र जाइकाका प्रतिनिधि जुन साकुमाले हस्ताक्षर गरे ।

त्यस अवसरमा राजदूत ओगावाले शैक्षिक विकासबाटै राष्ट्रनिर्माणको आधारशिला तयार हुने बताउँदै नेपालको गरिबी निवारण तथा विकासका प्रयासमा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव सुवेदीले जापान सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । रासस

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...