सरकार गिराउन खोज्नेलाई जेल हाल्नु पर्छ : विप्लव

२०७३ असार ३१ गते १६:०८ मा प्रकाशित


३१ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी प्रधानमन्त्री केपी ओलीलाई सरकार गिराउने खेलमा लागेका विदेशी तत्व र शक्तिहरूलाई जेल हाल्न सुझाव दिएको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर ‘विप्लव’का प्रवक्ता खड्ग विश्वकर्माले यदि विदेश तत्वहरू सरकार गिराउने खेलमा लागेको प्रमाण भए तिनीहरूलाई पक्राउ गरेर जेल हाल्न आग्रह गर्नुभएको हो । ‘प्रधानमन्त्रीले मेरो सरकार गिराउन विदेश चलखेल भयो, षड्यन्त्र भयो भन्ने होइन’, उहाँले भन्नुभयो, ‘समातेर जेल हाल्नु पर्छ । देशद्रोहको अभियोग लगाउनु पर्छ । राष्ट्रघाती र देशद्रोहीलाई देश निकाला गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले बिहीबार सुरक्षासम्बन्धी गोष्ठीमा आफ्नो सरकारलाई विदेशी शक्तिको इसारामा गिराउने खेल भएको दावी गर्नुभएको थियो ।
अहिलेको कांग्रेस र माओवादी केन्द्रको गठबन्धन प्रकृतिक रहेको विप्लव माओवादीको भनाइ छ । ‘अहिलेको कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अप्राकृतिक जस्तो देखिए पनि यो प्रकृतिक नै हो’, प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘केपी ओलीले मुलुकलाई राष्ट्रियताको नाममा लुटे, अब कांग्रेस र एमालेले त्यो चाल पाएपछि हटाउन खोजेका हुन् ।’

ओलीको नक्कली राष्ट्रवाद नेपाली जनताले बुझेको प्रवक्ता विश्वकर्माले दाबी गर्नुभयो । ‘सरकार परिवर्तन भनेको कालो विरालो वा सेतो विरालो भने जस्तै हो । बिरालोको काम भनेको मुसा मार्ने हो’, उहाँले भन्नुभयो, ‘ओली गएर प्रचण्ड आउँदा पनि सारमा केही हुने वाला छैन ।’

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...