आइपिएलः सन्दिपले लिए विकेट

२०७५ बैशाख २९ गते २२:३० मा प्रकाशित


ipl I Sandeep Lamichhane

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्सजर्स विरुद्ध सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन्।

पहिलो ओभरमा नै बलिङमा आएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन्।

१० खेलपछि सन्दीपलाई मैदानमा उतारेको दिल्लीले उनलाई बैंगलोरको जवाफी इनिङको पहिलो ओभरमै बलिङको अवसर दिएको थियो।

यस्तै आफ्नो दोस्रो ओभरको चौथो बलमा बैंलोरका ओपनर पार्थिव पटेललाई ६ रनमा आउट बनाए।

सन्दीपछि बलिङ गरेका ट्रेन्ट बोल्टले आरसीबीका मोइन अलीलार्इ पहिलो बलमै पेभेलियन पठाएका थिए। सन्दीपले डेब्यु गर्न लागेको खेलमा दिल्ली डेयर डेभिल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १८२ रनको चुनौती दिएको थियो ।

फिरोज शाह कोटला मैदान भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले रिसभ पन्तको ६१ रनको मद्धतमा मध्यम योगफल बनाउन सफल भएको थियो ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...