सन्दीपले फेरि दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्ने

२०७५ कार्त्तिक ३० गते १७:३४ मा प्रकाशित


sandeep Lamichhane

काठमाडौँ । नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ।

गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई यस वर्ष पनि दिल्लीले टिममा राखेको हो।


आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा सन्दीपसहित ५ विदेशी खेलाडीलाई दिल्लीले टिममै राखेको हो।

गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारूमा अनुबन्ध गरेको थियो। यस पटक कति रकममा अनुबन्ध गरेको भने खुलाइएको छैन। तर रिटेन गर्दा प्राय पहिलेकै मूल्य हुनेछ। तर, क्लबसँगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ ।

सन्दिपको राम्रो प्रदर्शन र आइपिएलपछि अरू विभिन्न लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले दिल्लीले उनीसहित १४ खेलाडीलाई रिटेन गरेको छ।

सन्दीपसँगै रिटेन हुने विदेशी खेलाडीमा क्रिस मोरिस, खागिसो रबाडा, कोलिन मनरो, ट्रेन्ट बोल्ट छन्। यसबाहेक गत सिजनका पछिल्लो खेलहरुमा कप्तानी गरेका श्रेयास अयेर, रिसव पन्त, पृथ्वी शा, मन्जोत कर्ला, जयन्त यादव, हर्सल पटेल, राहुल तेवाटिया, अमित शर्मा, आभेष खान रिटेल भएका छन्।

गम्भीर र म्याक्सवेलसँगै ज्यासन रोए, मोहम्मद शामी, डान क्रिस्टियन, शायन धोष, लियम प्लनकट, जुनियर डाला र नमन ओझा रिलिज भएका छन्।

दिल्लीले आफ्नो बायाँ हाते स्पिनर साहबज नदिम (३.२ करोडमा किनेको), मध्यम गतिमा बलिङ गर्ने अलराउण्डर विजय शंकर (३.२ करोडमा किनेको) र भारतीय यु १९ का ब्याट्मेन अभिशेक शर्मा (५५ लाखमा किनेको) तीन जना सनराइज हैदारावादका शिखर धवनसँग साटेको छ।

धवनसँग तीनजना साट्ने निर्णय एक डेढ महिनाअघिनै भए पनि आज आधिकारिक रूपमा घोषणा गरेको हो।

गत सिजन दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेल्दै सबैको मन जितेका थिए।

दिल्ली यो सिजन समूह चरणको खेलमा पुछारमा रहँदै लिग टुंग्याएको थियो। तर, सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...