आइपिएलः क्रिस लिन घाइते भएपछि कोलकत्ता नाइट राइडर्स समस्यामा

२०७४ बैशाख २२ गते १०:५२ मा प्रकाशित


kolkatta-वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आफ्नो दोस्रो खेलमै क्रिस लिन घाइते भएपछि कोलकत्ता नाइट राइडर्समा ओपनिङ ब्याटिङको समस्या देखिएको छ । पहिलो खेलमा लिनले गुजरात लायन्सविरुद्ध ४१ बलमा ९३ रन र दोस्रोमा मुम्बई इन्डियन्सविरुद्ध २४ बलमा ३२ रन बनाएका थिए । 

मुम्बईसँगको खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका थिए । उनको देब्रे पाखुरामा समस्या देखिएको हो । क्रिस लिन नहुँदा सुनिल नारायनमार्फत ओपनिङ गरिरहेको कोलकत्ता अहिलेसम्म अंक तालिकाको दोस्रो स्थानमा भए पनि लिनको कमी खड्किएको छ ।

उपचारपछि किंग्स इलाभेन पञ्जावसँग मे ९ मा हुने खेल अथवा मे १३ मा मुम्बई इन्डियन्ससँग हुने खेलमा उनी फर्कने सम्भावना देखिएको छ । अष्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनलाई यसभन्दा पहिले पनि बेला बेला पाखुरामा समस्या देखिने गरेको छ । गएको दुई वर्षमा तेस्रो पटक उनको पाखुरामा समस्या आएको हो । बारम्बार समस्या दोहोरिएपछि अब फिल्डिङ गर्दा केही सजग हुनुपर्ने उनले बताएका छन् ।

‘अहिले एकदम फर्ममा भएका बेला बाहिर बस्नुपर्दा निकै नराम्रो लागेको छ’ उनले भने, ‘पहिलो खेलदेखि नै राम्रो गर्छु भन्नेमा निकै विश्वस्त थिएँ तर यस्तो भयो ।’

You may also Like this

थप समाचार

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...