देश निर्माण गर्नु छ भने प्रचण्ड बाहेक अन्य विकल्प छैनः अखिल क्रान्तिकारी नेता भुसाल

२०७३ पुस ५ गते १८:१६ मा प्रकाशित


काठमाडौँ । अखिल क्रान्तिकारीका केन्द्रिय सचिव हुन ईन्द्र भुसाल । सुरुका दिनमा माओवादी वाहेकको पार्टी निकट रहेर दुःख गरेको आफै स्विकार्छन तर जनताको मुद्धा माओवादी बाहेकले सम्वोधन गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेर नै माओवादी केन्द्र निकट विद्यार्थी राजनितीमा होमिएको बताउछन । उनै भुसालसंग केटिएम खबरका लगि रवि भट्टराईले भिडियो विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

Indra bhusal talk with ktmkhabar
आराम हुनुहुन्छ ?
म आरामै छु ।
विद्यार्थी आन्दोलनमा होमिनु भएको छ कस्तो अनुभुति हुन्छ ?
विद्यार्थी आन्दोलनमा होमिए पछी विद्यार्थीहरुका समस्यासंग जुध्ने त छदँैछ त्यसपछी देश निर्माणका मुद्दाहरुमा पनि हामी जस्ता सचेत युवाले लाग्नै पर्छ भन्ने मान्यता स्वरुप हामी अगाडी बढिरहेका छौ ।
कहिले देखि सुरु गर्नु भयो विद्यार्थी आन्दोलनमा ?
कलेज पढ्न थालेपछी मैले सुरु गरे । लगभग १५ बर्ष भयो । निरन्तर छ ।
विद्यार्थी आन्दोलनमा लाग्नुको मक्सद ?
वास्तबमा विद्यार्थीको हक हितका निम्ति नै हाम्रो पहल कदमी हो अनि राजनितीक जीवनको थालनी पनि हो ।
विद्यार्थी आन्दोलनमा टेकेर राजनिती सुरु हुन्छ हो ?
त्यसो भन्दा पनि यो नर्सरी हो, रजनितीक ब्यक्तिहरु हुर्कने थलो हो । यसबाट सिक्दै जाने हो र स्थापित हुने हो ।
मैले सुने अनुसार सुरुका दिनमा कांग्रेस निकट भएर राजनिती गर्नु भएको हो ?
ठिक सुन्नु भयो मैले सुरुका दिनमा नेविसंघसंग आवद्ध भएर विद्यार्थी राजनिती गरेको हुँ । पशुपती क्याम्पसमा म दुःख गर्ने मान्छे गाउँबाट पढ्न छिरेको, मैले त्यहा रहदा धेरै दुःख गरे र म पशुपती क्याम्पसमा राम्रै छाप पनि बसाए तर मलाई के लाग्यो भने जव म वुज्दै गए कांग्रेस निकट भएर राजनिति गरियो भने यथास्थितीवादी भइने र परिवर्तन नहुने रहेछ भन्ने निष्कर्षमा म जुन दिन पुगे त्यसै दिन पार्टी छोडे र माओवादी निकट भए । यसमा मलाई कुनै दुखेसो छैन गर्व छ ।

with indra bhusal
दुःख जती सवै नेविसंघ निकट रहेर गर्नु भएछ अनि ह्वात्तै पार्टी छोड्नु भएछ नि किन ?
भनिसके कांगे्रस निकट भईरहँदा यथास्थिति भईने र सधै एथास्थिती कै निर्देशन पालना गर्नु पर्ने तपाईलाई जनकारी गराउ गणतन्त्र पनि बाध्यताले स्विकार गरेको हो कांग्रेसले, परिवर्तनका पक्षमा, दलित, जनजातिका पक्षमा माओवादीले उठाएका कुराहरुले मलाई छोयो अझ हाम्रो अध्यक्ष अहिलेका प्रधानमन्त्रीको त्याग तपस्या र बलिदानीबाट प्रभावित भएर भनाँै यो देश निर्माण कसैले गर्छ भने प्रचण्ड बाहेक अन्य विकल्प छैन किनकी रहरले प्रचण्डले दश वर्ष जनयुद्धमा आफ्नो ज्यान हत्केलामा राख्नु भएको हैन, त्यही भएर म मओवादी निकट भातृ संगठन अखिल क्रान्तिकारीमा लागेको हुँ र लागि रहन्छु ।
राजनितीक खिचातानीका बिचमा तपाई हामी छौ, कस्तो देख्दै हुनुहुन्छ विद्यार्थी आन्दोलनको भुमिका र यसको प्रभाव ?
अब राजनितीक खिचातानी र किचलो गरेर बस्ने बेला हैन अब एउटा निकास दिएर जनता समक्ष खुसिको लहर ल्याउने बेला हो । विद्यार्थी भएको नाताले अबको विद्यार्थी आन्दोलन, विद्यार्थी कै हक र हितमा हुनेछ र हुनुपर्छ भन्ने नै हाम्रो आवाज हो, मेरो आवाज हो । काम गर्नेलाई पदको आवश्यकता पार्दै साच्चि नै काम गर्ने हो भने पद नभए पनि विद्यार्थीको सेवा तथा जनताको सेवा गर्न सकिन्छ भन्ने मेरो वुझाई हो ।
समय र सम्वादको लागि धन्यवाद ।
तपाईहरुको सम्पुर्ण टिमलाई मेरो तर्फवाट धन्यवाद ।
इन्द्र भुसालसंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोसः

 

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...