बेलायती राजकुमार ह्यारी र मेगनले बिहे गर्दै

२०७४ पुस १ गते २३:३६ मा प्रकाशित


harry-and-meghan

बेलायतका राजकुमार ह्यारी र मेगन मर्केलको बिहेको मिति निश्चित भएको छ। सन् २०१८ मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो।

केन्सिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ।

वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन्।

ह्यारी र मेघागनकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो।

उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिवारसँगै मनाउने भएका छन्।

विवाहपछि उनीहरू केन्सिङ्टन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नेछन्। राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन्।

अमेरिकी चर्चित नायिका मेगन मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइँदै अाएको छ।

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...