बुनपालाई प्रगतीको पथमा लैजानका लागि हामी कटिवद्ध छौँः उपमेयर उम्मेदवार दुलाल (भिडियो)

२०७४ बैशाख २८ गते २२:४८ मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगरपालिका माओवादी केन्द्र कि उपमेयर उम्मेदवार होम कुमारी दुलाल “हेमा”संग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

hem kumari dulal
चुनाबी दिन नजिक हुदै गर्दा नगरवासीहरुको पहुँचमा कसरी पुगिरहनु भएको छ ?
हामी प्रत्येक दिन विहान ६ बजे देखि बेलुका ९ः३० बजेसम्म नगरवासीहरुको घर–दैलोमा पुगिरहेका छौँ । नगरवासीहरुबाट राम्रो प्रतिक्रिया आईरहेको छ । उहाँहरुले खुशीका साथ स्वागत गरिरहनु भएको छ । अबको स्थानिय निकायको चुनाबमा हामीलाई साथ दिनुहुन्छ भन्ने अपेक्षा पनि राखेका छौँ ।
कस्तो महशुस गर्दै हुनुहुन्छ ?
हामीले विभिन्न किसिमका राजनैतिक माहोलहरु हेर्दा अहिलेसम्म हाम्रो पार्टीको जस्तो महोल अरुको पार्टीको देखिएको छैन । अहिलेको अवस्थामा हामी देखि अरु पार्टीहरु अलि तर्सिएको जस्तो महशुस भईरहेको छ ।
के कुरामा आफु अब्बल छु जस्तो लाग्छ ?
हामी हरेक जनताको कामको प्रतिवद्धताका साथ नीति, निर्माण र निर्णय अनुसार अगाडी बढेका छौँ । उहाँहरुका सम्पुर्ण समस्याहरुको समाधान गर्दै आफ्नो नगरलाई उन्नति र प्रगतिको पथमा लैजानका लागि हामी कटिवद्ध छौँ ।
बुढानिलकण्ठ नगरपालिका माओवादी केन्द्र कि उपमेयर उम्मेदवार होम कुमारी दुलाल “हेमा” संगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...