हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)

२०७५ साउन २८ गते २०:४५ मा प्रकाशित


Himalaya Poem Compiditon (5)

काठमाडौँ । बुढानिलकण्ठ नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ श्रावण २७ गते आइतबार सम्पन्न भएको छ ।

Himalaya Poem Compiditon (2)
हिमालय कै मुख्य हलमा गरिएको उक्त प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिकामा रहेका २४ विद्यालयहरुको सहभागिता रहेको थियो । जसबाट ४५ प्रतियोगि विद्यार्थीहरु सामेल भएका थिए ।

Himalaya Poem Compiditon (1)
प्रा. डा. देवीप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको उक्त तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगितामा बरिष्ठ गजलकार राम बहादुर पहाडि, बुढानिलकण्ठ नगरपालिकाका शिक्षा साखा प्रमुख नवराज नेपाल, विभन्न स्कुलका प्रिन्सिपल, विद्यार्थीहरु लगायत साहित्यसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Himalaya Poem Compiditon (6)
विभिन्न २३ विद्यालयहरुलाई पछि पार्दै बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमीकी छात्रा समीक्षा ढकालले ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’को उपाधि पाएकी छिन् ।

Himalaya Poem Compiditon (4)

यस्तै भक्ति इन्टरनेशनल एकेडेमीकी छात्रा अनुषा ढुंगेल दोश्रो, पिक प्वाइन्ट एकेडेमीका छात्र आर्दश प्रसाई तेश्रो र लोयल्टि एकेडेमीकी छात्रा अस्मिता खड्काले सान्त्वनाको उपाधि पाएकी छिन् ।

Himalaya Poem Compiditon (3)
विजयी विद्यार्थीहरुलाई आइतबार नै खादा, अविर, ट्रफी र नगद सहित पुरस्कृत गरिएको थियो । प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमस दुई हजार, एक हजार पाच सय, एक हजार र पाच सय नगद प्रदान गरिएको थियो ।

Himalaya Poem Compiditon (7)
सोही कार्यक्रममलाई केन्द्रित गर्दै केटिएम खबरका लागि श्याम कार्कीले हिमालय बोर्डिङ्ग हाई स्कुलका फाउण्डर, प्रिन्सिपल खेम राज घिमिरेसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)
‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)

काठमाडौँ । स्कुल एलाईन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा ‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम् ...

ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)
ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)

काठमाडौँ । सुकेधारामा रहेको ब्रुकलिन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं कक्षा १२ उतिर्ण विद्यार्थ ...

यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)
यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘तिज वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...