मन्त्रिपरिषद्को निर्णय विरुद्ध व्यापक प्रदर्शन

२०७४ असोज ५ गते १५:०८ मा प्रकाशित


pm-officeकाठमाडौं, असोज ५ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा उनीहरूले आज माइतीघरमण्डलामा सो निर्देशन फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारसित सो निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन दिएको थियो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई कार्यान्वयनमा ल्याउन चिकित्सकले सरकारको ध्यानाकर्षणसमेत गराउँदै आएका छन् । रासस

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...