हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

२०७५ मंसिर ३ गते १९:२२ मा प्रकाशित


green

इलाम, ३ मङ्सिर०७५ । यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ ।

सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनासो छ । राम्रो उत्पादन भएको मौसममा भाउ नआउने र मूल्य निर्धारणमा समेत एकरुपता नहुनाले बढी समस्या भएको ग्रीन हिल अर्थोडक्स चिया प्रशोधन उद्योग साखेजुङका टंक दाहाल बताउनुहुन्छ ।

“मार्केट हेरेर मात्र हाम्रो उत्पादनको मूल्य निर्धारण गरिन्छ । कसरी त्यसो भएपछि चियाको उचित मूल्य पाइन्छ”, दाहालले भन्नुभयो, “यति मात्र होइन उद्योग सञ्चालन गरेको समयमा बत्ती पनि हुँदैन । 
सरकारले चियाको हरियो पत्तीको मूल्य तोकिदिन सकेको छैन । त्यही कारण मूल्यमा एकरुपता नभएकाले चिया उद्योगैपिच्छे फरकफरक मूल्यमा चिया बिक्री हुने गरेको छ । भारतले छोटो समयमा नै हरियो पत्तीको मूल्यमा परिवर्तन गरिदिनाले आफ्नो उत्पादन कतिमा बिक्री हुन्छ भन्ने पनि अन्योलता देखिएको छ । सरकारसमक्ष पटकपटक आग्रह गर्दासमेत चियाको मूल्य निर्धारण हुन नसक्दा कम मूल्यमा बेच्नुपर्ने गरेको सहकारी संस्थाका विष्णुप्रसाद दुलालले बताउनुभयो ।

यस्तै पछिल्लो समय श्रमिकलाई ऐनअनुसार चिया उद्योगले ज्याला नदिएका कारण समस्या आउन थालेको छ । केही समयअघि मात्र सरकारले श्रम ऐन संशोधन गरेर श्रमिकको पारिश्रमिकसमेत बढाएको छ । तर उद्योगले दिने पारिश्रमिकको भने कुनै सङ्घसंस्थाले अनुगमन नगर्दा धेरैजसो श्रमिक ज्यालाबाट ठगिने गरेका छन् ।

विकल्प नभएपछि काममा जानुपर्ने तर कामभन्दा पनि मानिस हेरेर ज्याला दिने कारण अधिकांश श्रमिकले उचित पारिश्रमिकसमेत नपाउने गरेको उज्यालो कृषि सहकारी संस्थाका विष्णुप्रसाद दुलालको भनाइ छ ।

इलाममा करीब चार करोड पाँच लाख किलो चिया उत्पादन हुने गरेको छ । नेपालका ७७ जिल्लामध्ये १४ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...