ईतिहाँसमा पहिलो पटक कोषाध्यक्ष स्तरिय भेला गर्दै छौः काठमाण्डौ कांग्रेस कोषाध्यक्ष पुडासैनी

२०७३ पुस ७ गते १८:५७ मा प्रकाशित


काठमाडौँ । नेपाली कांग्रेसका काठमाण्डौ जिल्ला कोषाध्यक्ष हुन गोविन्द पुडासैनी । शुक्रबार हुने नेपाली कांग्रेसका कोषाध्यक्षहरुको ऐतिहाशिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्न संयोजकको भुमिकामा ब्यस्त छन । यसै पेरीफेरीमा रहेर ऐतिहासिक सम्मेलनको पुर्बसन्ध्यामा केटिएम खवरका लागि रवि भट्टराईले विशेष भिडियो संवाद गरेका छन । प्रस्तुत छ सोही संवादको संपादित अंशः

govinda pudasaini congress neta
पौष ८ गते तपाईहरुले नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको भेला गर्न लाग्नु भएछ , खास के को लागी ?
नेपाली कांग्रेसको स्थापना काल देखि नै जिल्लाहरुमा सभापतीको मात्र चुनाव हुन्थ्यो र अरु पदाधिकारीहरुको मनोनयन हुने गर्थो र जिल्ला सभापतीले कोषाध्यक्ष सचिव र अन्य पदाधिकारीहरुको मनोनयन गर्ने गरिन्थ्यो तर बाह्रौ अधिवेशन पछी नेपाली कांग्रेसको विधानमा जिल्लामा पनि सभापती शोसरह पदाधिकारीहरुको निर्वाचन हुने भयो र अहिले तेह्रौ महाधिवेसनमा आएर मेरो संयोजकत्वमा कोषाध्यक्षहरुको प्रथम ऐतिहाशिक सम्मेलन हामीले सम्पन्न गर्न लागेका छौ र कोषाध्यक्षहरुले पार्टीमा एउटा जिम्मेवारी भुमिका निर्वाह गर्न सक्छन भन्ने सन्देश दिन चाहेका छौ ।
यहाँ भन्दा पहिले यस्ता सम्मेलन भएका थिएनन ?
यहाँ भन्दा पहिले भएका थिएनन् । यो नै कोषाध्यक्ष स्तरीय पहिलो सम्मेलन भएको हिसाबमा हामी सम्पुर्ण साथीहरु यसलाई सम्पन्न गर्न लागि रहेका छौ र मलाई सम्पुर्ण साथीहरुले साथ दिई नै रहनु भएको छ ।
पार्टीलाई सवल र सक्षम बनाउन कोषाध्यक्षहरुको भुमिका कस्तो रहन्छ ?
वास्तम्मा भन्ने हो भने काठमाण्डौ जिल्ला केन्द्र भएको हिसाबले यहाँ मेरो भुमिकालाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ तर सबै जिल्लाका कोषाध्यक्ष साथीहरुको भुमिका पनि उत्तिकै हुन्छ र पार्टीलाई एक ढिक्का बनाउनमा कोषाध्यक्षहरुको जिम्मेवारीपुर्ण भुमिका हुने नै भयो । हामीले छलफल गर्यो मेरो जिल्ला कमिटिमा अन्य साथीहरु पनि हुनुन्छ र उहाँहरुसंग पनि छलफल गरियो र काठमाण्डौ मै कोषाक्ष्यक्ष स्तरीय भेला गरौ भन्ने उद्देश्यले हामिले यो सम्मेलनको आयोजना गर्यो र हाम्रो भुमिका शसक्त रुपमा पार्टी संगठनलाई अगाडी बढाउनमा हुन्छ र यसैको मद्धतबाट पार्टीलाई दुई तिहाईमा पुर्याऊनु पर्छ भन्ने हाम्रो उद्देश्य हो ।
काठमाण्डौको कोषाध्यक्ष भएको हैसियतमा, ऐतिहासिक सम्मेलनको नेतृत्व गरिरहँदा कस्तो अनुभव गर्दै हुनुन्छ ?
नेपालि कांग्रेसको ईतिहासमा पहिलो पटक भएको कोषाध्यक्ष स्तरिए सम्मेलनको नेतृत्वदाई भुमिकामा जिम्मेवारी सम्हाल्दै गर्दा गर्व लाग्छ तर अन्य साथीहरु पनि हूनुहुन्छ ऊँहाहरुको पनि उतिकै भुमिका रहेको छ । गोबिन्द पुुडासैनी मात्र हैन सम्पुर्ण जिल्लाका कोसाध्यक्ष शाथिहरु र काठमाण्डौ जिल्लाकमिटिका शाथिहरु र अन्य विभिन्न क्षेत्रका साथीहरुको पनि उतिकै यो सम्मेलन गराउनमा भुमिका छ र उहाहरुलाई पनि धन्यवादका पात्र हुनुहुन्छ किनकी साथीहरु नभएको भए र ऊहाँहरुको सहयोग नभए यो सम्मेलन हुन सम्भव थिएन ।

govinda pudasaini with rabi bhattarai
तपाईले भन्न खोज्नुभएको कोषको मात्र जिम्मा हामीलाई हैन, संगठनको पनि जिम्मा दिईयोस भन्ने हो ?
वास्तम्मा सही भन्नुभयो तर अहिले हामिलाई पार्टीले संगठनको भुमिका पनि दिएको छ तर हाम्रो कोषको दायित्व त छदै छ संगठनको पनि दायित्व हामीलाई दिनुपर्छ भन्ने आवाज उठाइ रहेका छौ र अहिले आएर पार्टी संगठनमा कोषाध्यक्षहरु शसक्त रुपमा संगठन निर्माणमा पनि भुमिका खेल्नु भएको छ र यही सम्मेलनबाट हामी हाम्रो भुमिकालाई स्पष्ट पार्दै पार्टीलाई आउने चुनावमा दुई तिहाई पुर्याउनेमा हाम्रो भुमिका रहन्छ ।
यहा भन्दा अघिल्ला दिनहरुमा, तपाँईहरुलाई जिम्मेवारी दिईएन भन्नु भएको हो ?
हैन, त्यस्तो पनि हैन । भुमिका भनेको दिइएन भन्ने नै हुदैन काम गरेर देखाउने हो । संगठमा काम गर्दा आफु सक्षम र मेहनती पनि हुनु पर्दछ भन्ने मेरो वुझाई हो ।
शुक्रबारको कोषाध्यक्ष स्तरीय सम्मेलबाट सारंशमा भन्दिनुहोस के सन्देश दिन चाहानु हुन्छ ?
प्रथम ऐतिहासिक सम्मेलनले हरेक पार्टीले चन्दा उठाउँदा जबरजस्त दबाव दिई रहेका छन् र त्यसको विरुद्धमा आवाज उठाउँछौ । आय ब्ययको पारदर्शिताको सार्वजनिकरण गर्ने ब्यवस्था गर्ने र अन्य कोषाध्यक्ष साथीहरुको समस्याहरुका बारेमा छलफल गर्दै । पार्टीलाई उच्च स्थान दिलाउनमा हाम्रा भुमिकाहरुको विषयहरु हामी छलफल गर्ने छौ ।
समय र सम्वादको लागि धन्यवाद ।
तपाईहरुलाई पनि धन्यवाद, मेरा कुराहरु राख्ने मौका दिनु भएको मा ।

गोबिन्द पुडासैनीसंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोसः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...