गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो

२०७५ पुस १३ गते ०८:५८ मा प्रकाशित


google duo

एजेन्सी । गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप बन्द गर्ने घोषणा गर्यो ।

तर वर्षको अन्त्यतिर भने गुगलका लागि केही सुखद खबर प्राप्त भएको छ । किनकी गुगलको एउटा भिडियो कलिङ तथा मेसेजिङ एपका प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ ।


गुगलको भिडियो कलिङ तथा मेसेजिङ एप लाई गुगल प्ले स्टोरमार्फत १ अर्ब भन्दा बढि पटक डाउनलोड गरिएको छ ।

एन्ड्रोइड पोलिसको रिपोर्ट अनुसार डिसेम्बर महिनाको सुरुमै डुओ एपले १ अर्ब डाउनलोडको कोशेढुंगा पार गरेको छ ।

गुगल डुओको निर्माण तथा इन्जिनियरिङ्ग प्रमुख जस्टिन उबर्टीले पनि यो तथ्यलाई ट्विट मार्फत पुष्टि गरेका छन् ।

उबर्टीले ट्विटमा भनेका छन्, ‘सन् २०१८ मा गुगल डुओका लागि एउटा अर्को कोशेढुंगा । तपाइँका फोन, ट्याब्लेट तथा क्रोमबुकमा डुओमार्फत गुणस्तरीय भिडियो कलिङको अनुभव लिनुहोस् । हामीसँग सन् २०१९ का लागि अझै धेरै गर्न बाँकी छ ।’

गत जुलाई महिनामा डुओ एपको डाउनलोड संख्या ५० करोड पुगेको थियो । पछिल्लो ६ महिनामा त्यो संख्या दोब्बरले बढेको हो ।

स्काइपी तथा एप्पलको फेसब टाइमको प्रतिस्पर्धीको रुपमा गुगलले सन् २०१६ मा डुओ एप लञ्च गरेको थियो । सुरुवाती अवस्थामा यो एपले खासै प्रभाव पार्न नसकेपनि पछिल्लो समयमा यसको लोकप्रियता बढिरहेको छ ।

डुओ एपको लोकप्रियता बढ्दै जानुमा यो एप विभिन्न प्लाटर्फममा उपलब्ध हुनु हो । गुगलले डुओ एप्लाई आइप्याड, एन्ड्रोइड ट्याब्लेट, क्रोमबुक तथा स्मार्ट डिस्प्लेहरुमा उपलब्ध गराएको छ । जसका कारण प्रयोगकर्ताले आफुलाई मनपर्ने ग्याजेटबाट यो एप प्रयोग गर्न सक्दछन् ।

You may also Like this

थप समाचार

पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन
पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन

पौष १३, काठमाडौं –  लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको च ...

नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो
नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४५ पैसाले बढेको हो। ...

गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो
गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो

एजेन्सी । गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप बन्द गर्ने घोषणा ...

बिग ब्यासः फेरी चम्किए सन्दिप
बिग ब्यासः फेरी चम्किए सन्दिप

पुष १२ - अस्ट्रेलियामा जारी बिग ब्यासमा भएको आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रर्दशन रह्यो । मेलबर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...