खेत जोतेर गर्लफ्रेन्डलाई प्रपोज

२०७४ असोज २ गते १४:१० मा प्रकाशित


gf-prpse२ असोज, काठमाडौँ । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई बिहेका लागि कसरी प्रपोज गर्ला ? सहजै उत्तर आउँछ, घुँडाले टेकेर गुलाफको फूल दिएर, प्रेमपूर्वक कार्डमा लेखेर वा कुनै रेष्टुरेन्टमा क्यान्डिल लाइट डिनर सँगसँगै ।

कुनै मानिसले खेत जोतेर पनि आफ्नी प्रेमिकालाई प्रपोज गर्दा रहेछन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, यस्तै अपत्यारिलो घटना बाहिर आएको छ ।


बेलायतमा यस्तो घटना घटेको हो । बेलायतको डेभोनमा बस्ने एक पुरुषले आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राख्ने अनौठो तरिका अपनाएका छन् ।

पेशाले कृषि इन्जिनियर रहेका ३९ वर्षका टम प्लुमले आफ्नी प्रेमिका जेना स्टिम्सनलाई खेत जोतेर प्रपोज हानेका छन् ।

अझ रोचक त के भने टमले हुनेवाला ससुरा बाको खेतमा नै जोतेर प्रेमिकालाई प्रपोज गरे ।

टम र जेना पछिल्लो १० वर्षदेखि रिलेशनसीपमा छन् । लामो प्रेमसम्बन्धलाई बिहेमा ढाल्नका लागि टमले जेनाका बुवाको खेतमा जोतेरै ‘म्यारी मी’ भन्ने शव्दाबली लेखे । जोतेर मलाई बिहे गर भन्ने कुरा लेखेपछि उनले प्रेमिका जेनालाई बोलाए र उनका आँखा बन्द गरिदिए । त्यसपछि उनले जेनालाई आँखा खोल्न भने र आँखै अगाडिको खेतमा जोतेर म्यारी मी लेखेको ठाउँ देखाए ।

आफ्नो प्रेमीको प्रपोज गर्ने शैली देखेर जेना अचम्म परिन् । उनी भन्छिन् – टम खासमा खासै रोमान्टिक मानिस होइनन् । तर यसपटक उनले धेरै ठूलो काम गरे ।

उनले टमको बिहे प्रस्ताव स्वीकारिन । -बीबीसी

You may also Like this

थप समाचार

पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन
पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन

पौष १३, काठमाडौं –  लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको च ...

नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो
नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४५ पैसाले बढेको हो। ...

गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो
गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो

एजेन्सी । गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप बन्द गर्ने घोषणा ...

बिग ब्यासः फेरी चम्किए सन्दिप
बिग ब्यासः फेरी चम्किए सन्दिप

पुष १२ - अस्ट्रेलियामा जारी बिग ब्यासमा भएको आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रर्दशन रह्यो । मेलबर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...