शिक्षालाई समय अनुरुप परिवर्तन गर्नु पर्छः गीता राणा (भिडियो सम्वाद)

२०७४ बैशाख १ गते २२:०४ मा प्रकाशित


काठमाडौँ । यति बेला शैक्षिक संस्थाहरुको गतिविधिलाई लिएर धेरै नै बहस हुन थालेको छ । कहिले सरकारले ल्याएको नीतिका विषयमा हुन्छ भने कहिले सञ्चालित विद्यालयहरुको व्यबस्थापनका निम्ति हुन्छ । यी विषयलाई केन्द्रित गरेर केटिएम खबरले समग्र शैक्षिक गतिविधिलाई समेट्न विभिन्न बहसका कार्यक्रमहरु गर्दै आईरहेको छ ।
यसै गरी समग्र शैक्षिक अवस्थाको बारेमा कुराकानी गर्नका लागि ग्यालेक्सि पब्लिक स्कुल कि फाउण्डर/प्रिन्सिपल एवं नेशनल प्याब्सन कि सँस्थापक अध्यक्ष गीता राणासंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ उनै राणासंग गरिएको विशेष सम्वादको सम्पादित अंशः

Gita Rana
यत्ति बेला मेमको व्यस्तता, दौडधुप कत्ता तिर छ ?
म राजनीतिमा प्रवेश गरी सके पछी अहिले स्थानिय निर्वाचन आउँदै छ । त्यता तिर पनि यत्ति कै व्यस्त छु । योसंगै विद्यालयको आफै फाउण्डर, आफैले स्थापना गरेको हुनाले विद्यालयको आवश्यक योजना बनाउँने तिर पनि व्यस्त छु ।
राजनीतिमा केन्द्रित भईसके पछी अर्को पेशा, व्याबसायी तिर पनि केन्द्रित हुनु पर्छ । दुवै तिर केन्द्रित छु ।
स्कुल पनि राम्रोसंग चलाई रहनु भएको छ, संसदीय गतिविधिमा पनि यहाँको सहभागिता त्यति कै छ । दुवै तिरको समय व्यबस्थान कसरी गरिरहनु भएको छ ?
जुन बेला संबिधान लेखन भन्यो । पहिलो संविधानमा त हामी प्रवेश गरेनौँ । पहिलो संविधानमा धेरै मुद्धाहरु उठाए तर त्यसले समाधानहरु दिन सकेनन् । त्यस पछीको दोश्रो संविधानमा चाहि त्यी समाधानहरु मैले पनि दिन सक्छु भन्ने मलाई लाग्यो । संविधान सभा दोश्रोमा प्रवेश गरे । त्यसको मुख्य उद्देश्य चाही राजनीति थिएन । त्यहा चाही संविधान लेखन भनेर गएका थियौँ र संविधान पनि निर्माण भयो । त्यस पछी मलाई संविधान बनि सके पछी हाम्रो त्यहाको यात्रा चाही समाप्त हुन्छ भन्ने लागेको थियो तर दोश्रो संविधान चाही व्यबस्थापिकामा रुपान्तरित भयो । व्यबस्थापिका भने पछी त्यो राजनीति नै हो । अब सुरु भयो राजनीति यात्रा । त्यहा तिन बर्ष बस्दा त्यसले राजनीतिमा पनि आफुले केही गर्न सक्छु । गर्न मिल्ने रहेछ भन्ने चाही लाग्यो । त्यस कारण त्यो यात्रा तिर पनि निस्किएको छु ।
यत्ति बेलामो शिक्षाको अवस्थालाई नियाल्दा कस्तो पाउँनु हुन्छ ?
एउटा शिक्षा नीति भईसकेको छ । शिक्षा नीतिले के भनिरहेको छ भने अब विद्यालयहरुको जति परिक्षाहरु छ । त्यो ग्रेडिङ सिष्टममा गइसकेको छ । ग्रेडिङ सिष्टममा जानु भनेको हरेक विद्यार्थीको व्यक्तिगत प्रतिभालाई प्रष्फुठन गराउँनु हो । त्यो झन कठिन छ ।
पहिला त कक्षा कोठामा गयो, त्यहा एउटा टिचरले चक र डस्टर, एउटा पुस्तकले पढाए पुग्थ्यो तर अहिलेको शिक्षा नीतिले त ग्रेडिङमा जानु भनेको त एउटा–एउटा व्यक्तिमा के छ त क्षमता ? र त्यसमा व्यक्ति पिच्छे नी फरक हुन्छ । त्यस कारण अबको दिनहरुमा चाही शिक्षालाई व्यबस्थापन गर्नु कठिन चाही हुन्छ ।
गत वर्षबाट सुरु भएको ग्रेडिङ रिजल्टको विषयमा धेरै विद्यार्थी तथा अभिभावकहरुका लागि दुविधाहरुको विषय बन्यो । अहिले जो एस.ई.इ. दिनुभएका विद्यार्थीहरुमा त्यस्तो अवस्था छ कि छैन ?
विद्यालयहरुले त बुझेका नै छन । विद्यार्थीहरुले नी बुझेका छन् तर त्यसको व्यबस्थापन गर्ने पक्षको तयारी चाही पुगेको छैन । सरकारले यसमा ठुलो लगानी गर्नु पर्ने आवश्यकता छ । जनशक्तिको आवश्यकता छ, भौतिक पुर्वाधार छ । यी सबैको तयारी पुरा रुपमा पुगेको छैन । त्यो तयारी नभइकन हामी ग्रडिङमा प्रवेश गरी सकेका छौँ तर पनि मलाई लाग्छ केही समय पछि यसको राम्रो व्यबस्थापन होला ।
विकसित मुलुकहरुको तुलनामा हाम्रो नेपालको शिक्षा कता छ ?, के महशुस गर्नुहुन्छ ?
शिक्षा भनेको समय अनुरुप परिवर्तन हुनु पर्छ । कुनै बेला शिक्षा भनेको ज्ञान प्राप्तिको माध्यम थियो । त्यस पछी रोजगारी पाउँनु पर्छ भनेर शिक्षालाई माध्यम बनाइयो । त्यस पछी सिप मुलक शिक्षामा अग्रसर देखियो तर अहिलेको शिक्षा भनेको जीबन उपयोगी शिक्षा हो । जीबन उपयोगी शिक्षा भनेको यदि विद्यार्थीले जागिर नपाए पनि उसले अर्कै काम गर्न सक्छ । उसमा सिप नभए पनि उसले अन्य काम पनि गर्न सक्छ । उ राजनीति पनि गर्न सक्छ, आफ्नो व्याबसाय पनि गर्न सक्छ । यसले उसको क्षेत्र फराकिलो भएको छ । यसरी शिक्षालाई बुझ्नु पर्छ ।
गीता राणासंगको थप कुराकानी तथा भिडियो सम्वाद हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

 

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...