गजब तथ्यः नाक कोट्याएर खानुका फाईदै फाईदा

२०७४ बैशाख १६ गते १७:४१ मा प्रकाशित


naak-kotyaaunuकाठमाडौं, वैशाख १६ । मानिसहरु सानो बच्चा हुँदा नाक कोट्याउने र ‘स्नोट’ खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ ।

तर, जेसुकै होस् हालै भएको एक अध्ययनले त्यसरी नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा पुग्ने तथ्य सार्वजनिक गरेको छ ।

उक्त अध्ययन अमेरिकाको ‘नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसन’ले परमाणविक जीव विज्ञानसम्बन्धी सूचना खोजका लागि गरेको थियो ।

अध्ययनकर्ताहरुले खोजकोक्रममा मानिसको नाकभित्र टाँसिएर बसेको उक्त ‘स्नोट’ अर्थात् सिंगानको जमेको ढिक्का मानव शरीरका लागि बहुपयोगी हुने तथ्य पत्ता लागेको बताएका छन् ।

‘सिन्ह्वा’ समाचार एजेन्सीले उल्लेख गरेअनुसार त्यसरी जमेको सिंगान खाने व्यक्तिको दाँतलगायत अरु अंगमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।

सिंगान तथा घाँटीमा हुने चिल्लो पदार्थबाट नाकभित्र रहने ‘स्नोट’ बनेको हुन्छ । जसलाई हाइड्रोफोबिक झिल्लीको प्लाज्माबाट बनेको र्‍यालमा हुने ‘चिल्लोपदार्थ’ भनिन्छ ।

अध्ययनअनुसार यस र्‍यालले मुखमा रहेको ब्याक्टेरियाबाट जोगाउन मद्दत गर्दछ र दाँतलाई चम्किलोसमेत बनाउँछ ।

अध्ययनकर्ताहरुले मानिसहरुको सिंगानबाट सिंथेटिक चुइगम तथा टुथपेस्ट बनाउन सकिने बताएका छन् । उनीहरुले यस तरिकाबाट सिंगानको प्रयोग गर्न सकिए मानिसहरुको दाँतको समस्यालगायत अरु औषधिकोरुपमा प्रयोग गर्न सकिने उल्लेख गरेका छन् ।

अध्ययनमा संलग्न अष्ट्रियन फोक्सो विशेषज्ञ डा।फ्रेडरिक बिसचिंगरले मानिसलाई यो तथ्य तीतो लागेपनि सिंगान मानव शरीरका लागि बहुउपयोगी हुने कुरा वास्तविक रहेको बताए ।

उनले भने–‘समाजमा बालबालिकाले आफ्नो नाक कोट्याउँदा उनीहरुप्रति ठूला व्यक्तिले गर्ने व्यवहार परिवर्तन गर्न जरुरी छ ।’

उनले मानिसहरुले शरीरमा भोजन पचाउनका लागि घाँटीमा किन चिल्लोपदार्थ उत्पादन हुन्छ रु भन्ने कुरा बुझ्नुपर्ने भन्दै मेडिकल क्षेत्रमा यसले ठूलो अर्थ राखेको बताए ।

उनकाअनुसार मानव शरीरको प्रतिरक्षा प्रणालीमा नाकले फिल्टरको काम गर्दछ र ब्याक्टेरियाहरुलाई एकढिक्का बनाएर राख्दछ । अन्त्यमा यो एकढिक्का बनेको सिगानको डल्लो ‘स्नोट’ले एक महत्वपूर्ण औषधिको काम गर्दछ ।

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...